QR Code सहितको प्रमाणपत्रको लागी अब अनलाईन फारम भर्नु पर्ने; कसरी भर्ने फारम ? हेर्नुहोस्

QR Code सहितको प्रमाणपत्रको लागी अब अनलाईन फारम भर्नु पर्ने; कसरी भर्ने फारम ? हेर्नुहोस्

वैदेशिक रोजगारी, अध्ययन तथा अन्य कामको लागि विदेश जानेहरुलाई विद्युतीय (क्यूआर कोड) खोप प्रमाण प्रदान गरिने भएको छ । विदेश जाने नेपाली नागरिकले क्यूआर कोडसहितको खोप लगाएको प्रमाण हिजो देखि कीर्तिपुर नगरपालिकामा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट पाउने भएका छन् । तर आना सरकारले अर्को सुचना जारी गर्दै वैदेशिक रोजगारीमा जाने नागरिकले क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्रका लागि अनलाइनबाट पनि आवेदन दिन सक्ने कुरा बताएको हो  ।

वैदेशिक रोजगारीमा जाने सबैले अनिवार्यरूपमा विद्युतीय खोप प्रमाणपत्र लिनुपर्ने भएपछि यसलाई व्यवस्थित गर्न अनलाइन सेवा सुरु गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । यसका लागि यो लिंकमा गएर राहदानीको सक्कल प्रमाणपत्र, सक्कल खोप कार्ड, पासपोर्ट साइजको फोटो, कबुलियतनामा लगायतका कागजातसहित आवेदन पेस गर्न सकिने छ । कबुलियतनामा ‘रिक्वेस्ट फर्म”बाटै डाउनलाेड गर्न सकिन्छ, साथै फारम भर्ने ठाउँमा पनि उपलब्ध हुने विभागले जनाएकाे छ ।

तीन दिनभित्रै विदेश जानुपर्ने नागरिकले भने यसबारे फारममा उल्लेख गरी भिसा र टिकट पनि पेस गर्नु पर्नेछ । यस्ता नागरिकको हकमा विभागले द्रुत सेवामार्फत चौबीस घण्टाभित्रै र अन्यको हकमा भने तीन दिनभित्र प्रमाणपत्र उपलब्ध गराउने जनाएको छ । अनलाइनबाट फारम भर्न समस्या पर्ने नागरिकले भने कीर्तिपुरमा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा आफैँ उपस्थित भएर खोप प्रमाणपत्रको लागि आवेदन दिन सक्नेछन् ।

फारम भर्न आवश्यक कागजातहरु 

  • नागरिकताको स्क्यान कपि
  • पासपोर्ट साईजको फोटोको स्क्यान कपि
  • खोप कार्डको स्क्यान कपि
  • कबुलियतनामाको स्क्यान कपि

फारममा सम्पूर्ण विवरण ठिक संग भर्नुहोला ! रातो अक्षरमा अनिवार्य लेखेको ठाउमा अनिवार्य भर्नुहोला ! कबुलियतनामा फारमको लागी यँहा क्लिक गर्नुहोला । यो फारम डाउनलोड गरेर हातैले भर्नुहोला र त्यसलाई स्क्यान गरेर वा राम्रो संग फोटो खिचेर फेरी अपलोड गर्नुहोला !  फारम भरिसकेपछी यस्तो म्यासेज देखाउने छ ! यसलाई स्क्रिनशोट गरेर वा कापीको पानामा टिपेर राख्नुहोला !

आफुले भरेको फारमको अपडेट थाहा पाउन यँहा क्लिक गर्नुहोला ! त्यसमा आफ्नो दर्ता नम्बर र जन्म मिति हालेर खोज्नुहोला ! त्याँहा तपाइको फारमको अवस्थाको बारेमा जानकारी आउनेछ

https://ujyaalonepalnews.com/archives/15337

Previous articleदेश चलाउन विदेश बाट रेमिट्यान्स पठाउने नेपालीलाई विमानस्थल भन्सारमा सास्ती किन ? -मन्त्री जनार्दन शर्मा
Next articleरसौलीमा जारी नकआउट फुटबल प्रतियोगितामा भद्रकाली युवा क्लबको विजयी सुरुवात ( फोटो फिचर )
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।