रसौलीमा जारी नकआउट फुटबल प्रतियोगितामा भद्रकाली युवा क्लबको विजयी सुरुवात ( फोटो फिचर )

रसौलीमा जारी नकआउट फुटबल प्रतियोगितामा भद्रकाली युवा क्लबको विजयी सुरुवात ( फोटो फिचर )

निराजन घिमिरे, साउन २२, चितवन- चितवनको राप्ती नगरपालिका वार्ड नं. ९ रसौलीमा आयोजित जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगितामा रत्ननगर १६ मा रहेको भद्रकाली युवा क्लबले विजयी सुरुवात गरेको छ । मिलिजुली युवा समाजले आयोजना गरेको प्रतियोगिताको शुक्रबार अपरान्ह सकिएको दोश्रो दिनको खेलमा उसले रोदिग्य फुटबल क्लब क्लबचोकलाई १-० ले पछी पारेर दोस्रो चरणको यात्रा तय गरेको हो।

आक्रामक खेलको सुरूवातमा भद्रकाली युवा क्लबको तर्फ बाट १४ नम्बर जर्सी लगायका यसु गुरुंगले गोल गरी टिमलाई अग्रता दिलाएका थिए। खेल सुरू भएको १७ औं मिनेटमा यसुले डिबक्स नजिकै बाट गरेको प्रहारले जाली चुमेको थियो। सुरुमै गोल खाएपछि दबाबमा परेको रोदिग्य फुटबलको टोलीले खेलको अन्तिम मिनेट सम्म पनि कुनै गोल फर्काउन सकेन । रोदिग्यले गरेको कयौं प्रहार भद्रकालीका गोलकिपर विजय सारु मगरले उत्कृष्ट बचाउ गर्दै विफल पारिदिए।

खासै दर्शकको साथ र समर्थन नपाएको रोदिग्यले पाएको गोल गर्ने थुप्रै अवसर खेर फाल्यो। खेलको म्यान अफ दि म्याच घोषणा गरिएन। भद्रकालीका टिम कोच सुजल रानाले खेलाडीहरूको मेहनतको कारणले सफलता हात पारेको बताए। उनले दोस्रो चरणमा रणनीति अपनाएर खेल खेल्ने बताए। यति मात्र गोलले पुग्दैन, फाईनल सम्मको यात्रा तय गर्नको लागी अझै धेरै मेहनत गर्न पर्ने देखियो, आज पनि थुप्रै गोल गर्ने अवसरबाट हामी चुक्यौं,’ उनले भने, ‘अर्को खेलमा नयाँ रणनीति अपनाएर खेल्नेछौं।’

त्यस्तै भद्रकालीका टिम म्यानेजर, राम बहादुर थापाले खेलाडीहरुले राम्रो खेल खेलेको बताउंदै टिमले अझै सोचेजस्तो खेल्न नसकेको बताए । रक्षा पंक्ति बलियो भएको कारण मात्र आज जित हासिल गरियो, ‘धेरै गोल गर्ने अवसर केटाहरूले खेर फ्याँके, जसले गर्दा एक गोलमै चित्त बुझाउनु पर्यो, तै पनि जित आखिर जित नै हो भन्दै उनले खेलाडीहरुलाई अझ मेहनत गर्न र संयम भएर खेल्न आग्रह गरे।

प्रतियोगिताको विजेताले नगद रु पचास हजार र उपविजेताले खसी पुरस्कार पाउनेछन्। भद्रकालीले अब अर्को खेल यहि साउन २५ गते टाँडी फुटबल क्लब संग खेल्नेछ।

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि, एमाले ७६७७, कांग्रेस ५३९५

Previous articleQR Code सहितको प्रमाणपत्रको लागी अब अनलाईन फारम भर्नु पर्ने; कसरी भर्ने फारम ? हेर्नुहोस्
Next article१३ औं तलाबाट हामफालेर मलेशियामा नेपाली युवाले फाले ज्यान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।