निराजन घिमिरे, ३० अगस्ट- साउदीको रियादमा रहेको नेपाली दुताबास र जेद्दामा रहेको नेपाली महावाणिज्य दुताबासले साउदीमा रोजगारी तथा व्यापार व्यवसाय गरेर बस्ने नेपालीहरुको राहदानी नविकरण गर्नको लागी साउदीको विभिन्न स्थानमा घुम्ती शिविर संचालन गर्दै आईरहेका छन् ! कोरोना महामारीको कारण त्यँहा कार्यरत नेपालीहरुलाई दुताबाससम्म पुगेर आवेदन दिन स’मस्या भएपछी दुतावासले आफ्ना नागरिकहरुलाई पायक पर्ने स्थानमा नै घुम्ती अफिस संचालन गरि आवेदन दिन मिल्ने बन्दोबस्त मिलाएको हो !
त्यस्ता घुम्ती अफिसहरुमा सेवाग्राहीहरुको भिड लाग्ने अवस्था भएपछी दुताबासले अनलाईन फारम भरेर आउन सेवाग्राहीहरुमा अनुरोध गरेको छ ! अनलाईन फारम भरेर जाँदा एउटा व्यक्तिको काम गर्न जम्मा दुई-तिन लाग्ने र अनलाईन फारम नभरी जाँदा एउटी व्यक्तिको लाम गर्न छ-सात मिनेट समय लाग्ने भएपछी, एकै दिनमा धेरै व्यक्तिको काम गर्न सकियोस भन्ने उद्देश्यले अनलाईन फारमको व्यवस्था गरिएको दुताबासले जनाएको छ !
दुताबासले जारी गरेको सुचना यस्तो छ: राहदानी नविकरणका लागि प्रि-इनरोलमेन्ट फाराम भर्नेसम्बन्धी सूचना
राहदानी नविकरणका लागि नेपाली राजदूतावास, रियादमा आउँदा वा दूतावासले सञ्चालन गर्ने राहदानी आवेदन
संकलन शिविरमा आउँदा Pre-Enrollment Form भरेर आउनु हुन सम्बन्धित सबैमा अनुरोध छ । आफैंले प्रि- इनरोलमेन्ट फाराम भर्न नसक्नेहरूले आफ्नो साथीभाई वा आफू काम गर्ने कम्पनीको सहयोग लिएर प्रि-इनरोलमेन्ट फाराम भर्नुहोला । यसैगरी, गैर आवासीय नेपाली संघ तथा साउदीमा क्रियासिल अन्य संघ संस्थाको सहयोगमा समेत प्रि-इनरोलमेन्ट गर्न सकिनेछ । जसले सहयोग गरे तापनि प्रि-इनरोलमेन्ट सेवा निशुल्क हुनेछ । पैसा तिरेर प्रि-इनरोलमेन्ट फाराम नभर्नु नभराउनुहोला ।
प्रि-इनरोलमेन्ट फाराम सकेसम्म आफैंले भर्नुहोला । यदि आफुले भर्न सक्नुहुन्न भने आफ्नो नागरिकताको अगाडि र पछाडिको पेज र राहदानीको आफ्नो फोटो पेज, सो लगत्तै रहेको जारी गर्ने निकायको छाप लगाएको पेज र पेज नं. ३१ को फोटो खिचेर WhatsApp नं. ०५३६९०७९९८ मा पठाउनुहोला । गैर आवासीय नेपाली संघ- साउदी अरबले उक्त WhatsApp मा आफ्नो नागरिकता र राहदानीको फोटो पठाउनेहरूको प्रि-इनरोलमेन्ट फाराम भरिदिने व्यवस्था गरेक छ।
प्रि-इनरोलमेन्ट फाराममा विवरण भर्दा देहाय अनुसार गर्नुहन अनुरोध छ।
- Surname/थर को ठाउँमा- आफ्नो थर लेख्ने (यो ठाउँमा थर मात्रै लेख्ने अरू बाँकी सबै Given name को ठाउँमा लेख्ने)
- Given name/नाम को ठाउँमा- आफ्नो नाम लेख्ने
- जन्म स्थानको ठाउँमा- नेपालभित्र जन्मेको भए आफू जन्मेको जिल्लाको नाम लेख्ने; नेपाल भन्दा बाहिर जन्मेको भए आफू जन्मेको देशको नाम लेख्ने
- अंग्रेजी जन्म मिति लेख्दा पहिलेको राहदानीमा उल्लेख भएकै जन्म मिति लेख्ने
- नेपाली जन्म मिति, नागरिकता नं. र नागरिकता जारी भएको मिति आफ्नो नागरिकतामा उल्लेख भएअनुसार लेख्ने । नागरिकता नं. लेख्दा पहिलेको राहदानीमा उल्लेख भएकै जसरी लेख्ने
- राहदानीको विवरणमा हाल आफूसँग भएको राहदानीको विवरण भर्ने
- हाल आफूसँग भएको राहदानी जारी भएको स्थान लेख्दा- राहदानीमा आफ्नो फोटो भएको पेजको लगत्तै अर्को पेजमा हेर्ने र त्यहाँ राहदानी जारी गर्ने निकायमा जस्को छाप लागेको छ त्यही निकायको नाम लेख्ने- राहदानी विभागबाट जारी भएको भए DoP MoFA लेख्ने, सि.डि.ओ. कार्यालयबाट जारी भएको भए जुन CDO कार्यालय हो त्यसको नाम लेख्ने- DAO Chitwan, DAO Rolpa, DAO Kapilbastu इत्यादि । त्यसैगरी विदेशस्थित नेपाली नियोगबाट जारी भएको भए जुन नियोगबाट जारी भएको हो सोही लेख्ने जस्तै- EoN Riyadh, CGN Jeddah, EoN Doha, EoN Abu Dhabi ईत्यादी लेख्ने

- आफ्नो ठेगाना लेख्दा- हालको ठेगाना लेख्ने; हालको गाउँपालिका वा नगरपालिकाको नाम र वडा नं. थाहा नभएमा आफ्नो राहदानीमा पहिले जुन ठेगाना लेखिएको छ सोही लेख्ने । वडा नं लेख्दा दुईवटै बक्समा लेख्ने- जस्तै वडा नै ७ छ भने पहिलो बक्समा शुन्य लेख्ने र अर्को बक्समा ७ लेख्ने
- सम्पर्क नं. को ठाउँमा- आफ्नो मोवाइल नं. लेख्ने (साउदीको)
- निकटतम व्यक्तिको विवरण लेख्दा- आफूलाई आपत विपत् परेको बेला नेपालमा सम्पर्क गर्नुपर्ने वा सबैभन्दा पहिले जानकारी गराउनुपर्ने एक जना व्यक्तिको नाम लेख्ने- जस्तै पति, पत्नि, बुबा, आमा, दाजुभाई, छोरा छोरी, काका काकी मध्ये कुनै एकजनाको नाम । त्यसपछि सो व्यक्तिको ठेगाना र निजको नेपालको सम्पर्क नं. लेख्ने । त्यसपछि उक्त व्यक्तिसँग आफ्नो नाता सम्बन्ध के हो त्यो लेख्ने।
- Application Source मा रहेको arrow मा थिचेपछि Mission छान्ने । Dop नछान्ने।
- त्यसपछिका सबै चरण पार गर्ने र अन्तिममा पुगेपछि बारकोड भएको फाराम आउँछ त्यसलाई डाउनलोड गरी प्रिन्ट गरेर राहदानी नविकरणको लागि आउने ।
महत्वपूर्ण नोटः प्रि-इनरोलमेन्ट फाराममा भरेकै विवरण अनुसार तपाइँको नयाँ राहदानी बनेर आउने हुंदा अनलाइन सिस्टममा विवरण भरी सकेपछि त्यसलाई २-३ पटक दोहोच्याएर चेक गर्नुहोस् । तपाइँले भरेको विवरण अनुसार नयाँ राहदानी बनेर आएपछि त्यसमा कुनै त्रुटि भएर अर्को राहदानी बनाउनु पर्ने भयो भने तपाइँले पुनः राजस्व तिर्नुपर्ने हुन्छ र थप समय पनि लाग्नेछ । तसर्थ आफूले भरेको विवरण आफूसँग भएको पुरानो राहदानीमा उल्लेख भएको विवरणसँग मिल्छ कि मिल्दैन राम्ररी चेक गरेर मात्रै सिस्टममा पेस गर्नुहोस् ।
थप नोटः राहदानी आवेदन फाराम अब क्रमशः प्रि-इनरोलमेन्टको माध्यमबाट मात्र हुने भएको हुंदा राहदानी
नविकरणको लागि आउँदा प्रि-इनरोलमेन्ट गरेर आउने प्रयत्न गर्नुहोस् । नेपाली राजदूतावास, रियाद २९ अगष्ट २०२१
प्रि-इनरोलमेन्ट फारम भर्न यँहा क्लिक गर्नुहोला


https://ujyaalonepalnews.com/archives/15671


