टाँडी चोकको एटुजेड मोबाईलको सटर फोडेर लाखौँको मोबाइल चोरी

टाँडी चोकको एटुजेड मोबाईलको सटर फोडेर लाखौँको मोबाइल चोरी

चितवन : पूर्वी चितवनको रत्ननगरमा रहेको एक व्यापारीको मोबाइल पसल चोरी भएको छ। गएराति पूर्व–पश्चिम राजमार्ग स्थित रत्ननगर टाँडी बजारचोकैमा नै रहेका एटुजेड मोबाइल हाउसको सटर फोडेर करिब ८ लाख मूल्य बराबरको मोबाइल चोरी भएको पसल सञ्चालक दिवाकर गुरुगंले जानकारी दिए। उनका अनुसार पसलमा महंगो मुल्य पर्ने मोबाइल चोरी भएको छ।

rajan thapa ads

रत्ननगर टाँडी बजार चोककै मोबाइल पसल सटर फोडेर चोरी गर्दासमेत प्रहरीले सुइँको पाएनन्। रत्ननगरका डिएसपी ईन्द्र रानाले चोरहरुको क्रियाकलाप सिसिटिभीमा कैद भएको जनाएका छन्। प्रहरीले चोरी गर्ने समुहको खोजी कार्य जारी राखेको उनले बताए। एटुजेड जिल्लाकै लोकप्रिय र ठुलो मोबाईल पसल हो ।

यसको मुख्य कार्यालय भरतपुर नारायणगढमा रहेको छ । भने यसले लायन्सचोक, कावासोती र टाँडीमा आफ्नो शाखा विस्तार गरेको थियो । झण्डै डेढ सय जना बढीलाई एटुजेड मोबाईल हाउसले रोजगारी दिएको छ ।

 

https://ujyaalonepalnews.com/archives/15654

Previous articleपानीपुरीको पानीमा यसरी मिसाईयो पिसाब, जगमा पिसाब फेरेर यस्तो गरे
Next articleपासपोर्ट नविकरण गर्न अनलाईन फारम भर्ने बारे नेपाली दुताबास रियादको सुचना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।