Home Uncategorized दुबई जानेहरुलाई अब खोप प्रमाणपत्र आवश्यक नपर्ने तर QR Code सहितको PCR...

दुबई जानेहरुलाई अब खोप प्रमाणपत्र आवश्यक नपर्ने तर QR Code सहितको PCR रिपोर्ट अनिवार्य

दुबई जानेहरुलाई अब खोप प्रमाणपत्र आवश्यक नपर्ने तर QR Code सहितको PCR रिपोर्ट अनिवार्य

निराजन घिमिरे, अगस्ट १०-  भारत, पाकिस्तान, श्रीलंका र नेपाल लगायतका देशहरु बाट दुबई जानेहरु को लागी कोभिड खोप प्रमाणपत्र अब आवश्यक नपर्ने भएको छ।  तर यो नियम दुबई भिषा बाहकलाई मात्र लागु हुनेछ अन्य ईमिरेट्सको लागी अघिल्लो पटक सार्वजनिक नियम नै लागु हुनेछ । ईमिरेट्स एअरलाइन्सको ट्वीटर एकाउन्टमा बताईए अनुसार दुबई जानेहरु को लागी कोभिड खोप प्रमाणपत्र अब आवश्यक नपर्ने भएको हो।

ईमिरेट्स एयरलाइन्स सपोर्ट टीमले ट्विटरमा एक भारतीय द्वारा सोधिएको प्रश्नको जवाफ दिदै यो कुराको पुष्टि गरेको छ। उनले एयरलाइन्सलाई सोधेका थिए कि “यदि कोभिशिल्ड खोप लगाएका भारतीयहरु दुबई फर्कन सक्छन्? उनको प्रश्नको जवाफ दिंदै ईमिरेट्स एयरलाइन्स सपोर्ट टीमले अब भारत, पाकिस्तान, श्रीलंका र नेपाल लगायतका देशहरु बाट दुबई जानेहरु को लागी कोभिड खोप प्रमाणपत्र अब आवश्यक नपर्ने तर अन्य शर्तहरु भने लागु हुने बताएको हो ।

अब निम्न शर्तहरुको अधिनमा रहेर दुबई यात्रा गर्न सकिनेछ 

  • दुबईको आवाशिय भिसा धारकहरुले  रेजीडेंसी र विदेश मामिला को महानिदेशालय (GDRFA) बाट प्रवेश अनुमतीको लागी आवेदन दिनु पर्छ।
  • फ्लाईट हुनुभन्दा ४८ घण्टा भित्र पिसिआर टेस्टको लागी स्वाब निकाली कोभिड टेस्ट गर्नुपर्छ र QR कोड सहितको नेगेटिभ प्रमाणपत्र हुनुपर्छ ।
  • यात्रा सुरु हुनुभन्डा ४ घण्टा भित्र Rapid PCR Test गराई प्रमाणपत्र लिनुपर्छ । र्यापिड एन्टीजेन टेस्ट मान्य हुने छैन।
  • यात्रुले दुबई पुगेपछि फेरी पिसिआर टेस्ट गर्नुपर्ने छ ।

रेजीडेंसी र विदेश मामिला को महानिदेशालय (GDRFA) को अनलाईन फारम भर्न यँहा क्लिक गर्नुहोला 

( श्रोत खुलाईएका बाहेक उज्यालो नेपाल न्युजमा प्रकाशित अन्य सामाग्रीहरु उज्यालो नेपाल एडभरटाइजिङ एण्ड ब्रोडकाष्टिङ प्रा.लि का सम्पती हुन् । क्रेडिट दिएर वा नदिएर अन्य अनलाईनहरुमा यस्ता सामाग्रीहरु प्रकाशन/प्रशारणमा रोक लगाईएको छ । यदि यस्तो कार्य भए/ गरेको पाईएमा कानुनि उपचारको लागी बाध्य भईनेछ । त्यस्तै  कपिराईटको लागी फेसबुकमा समेत रिपोर्ट गरिने छ )

https://ujyaalonepalnews.com/archives/15423

Previous articleतत्काल युएई उडान सुरु नहुने भएपछी नेपाल एअरलाइन्सले जारी गर्यो यस्तो सुचना
Next articleखोप कार्ड वितरणमा ढिलाइ हुँदा विदेश जाने सेवाग्राहीको विच’ल्ली
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।