उज्यालो नेपाल, अगस्ट १०- लामो समय देखि नेपालीलाई युएई प्रवेशमा रोक लगाएको युएई सरकारले अगस्ट ५ देखि केहि शर्तहरु तोकेर नेपाल बाट युएई प्रवेश गर्न दिने निर्णय सार्वजनिक गर्यो । युएई बाट छुट्टीमा आएर लामो समय देखि नेपालमै रोकिएका नेपाली कामदारहरु युएई जना पाउने खबरले खुसि भए । तर युएईको कडा शर्तको कारण खुलेको भनिएको पांच दिन बितिसक्दा पनि नेपाल बाट युएई उडान हुन सकेको छैन ।
हिजो हिमालय एयरलाइन्सले अन्तिम समयमा दुबई उडान नहुने सूचना टाँसेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका यात्रुहरु अलपत्र परेका छन् । दुबई उड्नका लागि यात्रुहरु विमानस्थल पुगिसकेको अवस्थामा एयरलाइन्सले उडान नहुने सूचना टाँसेको थियो । उक्त सूचनामा दुबईले रोकेका कारण उडान नहुने व्यहोरा उल्लेख छ । अन्तिम समयमा युएइले नेपालबाट हुने उडानमा रोक लगाएकाले विमान नउड्ने जानकारीसहितको सूचना एयरलाइन्सले यात्रु प्रवेश गर्ने मुख्य ढोकामा टाँसेको थियो ।
त्यस्तै नेपाल एअरलाइन्सले पनि तत्काल उडान सुरु गर्न नसकिने भन्दै आज एक प्रेस विज्ञप्ति जारी गरेको छ । युएई उड्ने यात्रुले यात्रा सुरु गर्नुभन्दा ४ घण्टा भित्रको Rapid PCR Test रिपोर्ट अनिवार्य लैजानुपर्ने नियम छ । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र हालसम्म Rapid PCR Test को कुनै सुविधा नभएका कारण उडान हुन नसकेको हो। नेपाल एअरलाइन्सले आज जारी गरेको सुचनामा यस्तो बताईएको छ ।
हालै युनाइटेड अरव इमिरेट्स (युएई) सरकारले आफनो देशमा प्रवेश गर्ने यात्रुहरुको लागि विभिन्न शर्त सहितको प्रवेश अनुमति प्रदान गरेकोमा नेपालबाट युएई प्रवेशको लागि उक्त मापदण्ड तथा शर्तहरु मध्ये प्रस्थान पूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा उडान समयको ४ घण्टा भित्र Rapid PCR Test गरी सो को Report अनिवायं पेश गर्नुपर्ने भएको तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर भित्र Rapid PCR Test कार्यान्वयनमा आई नसकेको हुँदा हाललाई अर्को सूचना जारी नहुन्जेलसम्म काठमाडौंबाट दुवई जाने उडानमा यात्रुहरु लैजान असमर्थ रहेको व्यहोरा जानकारी गराउदछौं ।
उपरोक्त अनुसारको निगमको उडानबाट दुवईको यात्रा गर्ने टिकट लिएका यात्रुहरुलाई आफनो टिकटको विस्तृत जानकारीको लागि सम्बन्धित ट्राभल्स एजेन्सी अथवा निगमको फोन नं ०१-४२४४०५५ / ४२४८६१८ /४२४८६०७ मा सम्पर्क गर्नुहुन अनुरोध छ । साथै त्रिभुवत्त अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा Rapid PCR Test सम्बन्धी व्यवस्था कार्यान्वयन हुनासाथ पुन: सेवामा प्रतिबद्ध रहने व्यहोरा सम्पूर्ण यात्रु महानुभावहरु जानकारी गराउँदछौँ । यसबाट आम यात्रु महानुभावहरुमा पर्न गएको असुबिघा प्रति क्षमा प्रार्थी छौं । मितिः २०७५/०४/२६ गते । नेपाल वायुसेवा निगम कान्तिपथ, काठमाडौं ।
( श्रोत खुलाईएका बाहेक उज्यालो नेपाल न्युजमा प्रकाशित अन्य सामाग्रीहरु उज्यालो नेपाल एडभरटाइजिङ एण्ड ब्रोडकाष्टिङ प्रा.लि का सम्पती हुन् । क्रेडिट दिएर वा नदिएर अन्य अनलाईनहरुमा यस्ता सामाग्रीहरु प्रकाशन/प्रशारणमा रोक लगाईएको छ । यदि यस्तो कार्य भए/ गरेको पाईएमा कानुनि उपचारको लागी बाध्य भईनेछ । त्यस्तै कपिराईटको लागी फेसबुकमा समेत रिपोर्ट गरिने छ )
https://ujyaalonepalnews.com/archives/15417


