सजिलो तरिकाले QR Code सहितको भ्याक्सिन प्रमाणपत्र यसरी बनाउनुस्

काठमाण्डौ – अब वैदेशिक रोजगारीमा जानेहरुलाई कोरोनाको खोप लगाएको विद्युतीय प्रमाण अर्थात् क्यूआर कोड लिन सहज हुने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच आज भएको छलफलमा म्यानपावरमार्फत् वैदेशिक रोजगारीमा जानेहरुलाई क्यूआरकोड म्यानपावरबाटै दिलाउन निर्णय भएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले बताउनुभयो ।

म्यानपावर आफैले कामदारको आवश्यक विवरणसहितको अनलाइन पोस्ट रजिष्ट्रेशन गर्नुपर्ने र स्वास्थ्य सेवा विभागले क्यूआर कोडसहितको प्रमाणपत्र सम्बन्धित म्यानपावरको आधिकारिक इमेलमा पठाइने व्यवस्था भएको उहाँको भनाइ छ । इमेलमा प्राप्त क्यूआर कोडसहितको प्रमाणपत्र अन्य कुनै निकायबाट थप प्रमाणीकरण गर्नु पर्ने छैन ।

यस्तै म्यानपावरबाहेक व्यक्तिगत वा पुनः श्रम लिएर जानेहरुको हकमा भने यो लिंक मा गएर व्यक्तिगत विवरणसहित खोप लगाएको कार्डको फोटो पेस गरी क्यूआर कोड लिन सकिनेछ । क्यूआर कोडसहितको प्रमाण लिन कुनै शुल्क नलाग्ने वैदेशिक रोजगार विभागले जनाएको छ । यो भन्दा पहिले खोप लगाएको क्यूआर कोड लिन तोकिएका निश्चित संस्थामा लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यता थियो ।

फारम भर्न आवश्यक कागजातहरु 

  • नागरिकताको स्क्यान कपि
  • पासपोर्ट साईजको फोटोको स्क्यान कपि
  • खोप कार्डको स्क्यान कपि
  • कबुलियतनामाको स्क्यान कपि

फारममा सम्पूर्ण विवरण ठिक संग भर्नुहोला ! रातो अक्षरमा अनिवार्य लेखेको ठाउमा अनिवार्य भर्नुहोला ! कबुलियतनामा फारमको लागी यँहा क्लिक गर्नुहोला । यो फारम डाउनलोड गरेर हातैले भर्नुहोला र त्यसलाई स्क्यान गरेर वा राम्रो संग फोटो खिचेर फेरी अपलोड गर्नुहोला !  फारम भरिसकेपछी यस्तो म्यासेज देखाउने छ ! यसलाई स्क्रिनशोट गरेर वा कापीको पानामा टिपेर राख्नुहोला !

आफुले भरेको फारमको अपडेट थाहा पाउन यँहा क्लिक गर्नुहोला ! त्यसमा आफ्नो दर्ता नम्बर र जन्म मिति हालेर खोज्नुहोला ! त्याँहा तपाइको फारमको अवस्थाको बारेमा जानकारी आउनेछ!

https://ujyaalonepalnews.com/archives/15447

Previous articleएअर अरेबियाले आफ्नै तजबिजमा RDT Test को व्यवस्था गरेर युएई उडान सुरु गर्यो; नेपाली वायुसेवा सरकारको मुख ताक्दै
Next articleटाउकोमा पानी जमेर थला परेकी सन्जिता मलेशियामै अस्ताईन्
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।