दुबई जानलाई खोप कार्ड नचाहिने अरु के के चाहिन्छ ? सम्पूर्ण जानकारी

काठमाडौँ – नेपाली कामदारले खो’प नलगाए पनि दुबई प्रवेश पाउने भएका छन्। ४८ घण्टाभित्रको पी’सीआर नेगे’टिभ र चार घण्टाको आर’डीटी परीक्ष’णको रि’पोर्ट अनिवार्य पेश गर्नुपर्ने नेपाली दूतावासले जनाएको छ। दुबईको अन्य राज्यमा प्रवेश गर्न अनिवार्य खो’प कार्ड अनिवार्य चाहिने दूतावासले प्रष्ट पारेको छ ।

‘एक सय ८० दिनभन्दा बढी युएई बाहिर बसेका र युएईको भिसा सकिसकेकाले जी’डीफ्राको उल्लेखित वेभसा’इटमा तोकिएका कागजात अप’लोड गरि प्रवेशको लागि अनुरोध गर्नुपर्नेछ । सहमति प्राप्त भएमा दुबई प्रवे’श गर्न पाइन्छ,’ दूतावासले जारी गरेको सूच’नामा उल्लेख छ।

दुबइ प्रवेशसम्बन्धी सूचना

नेपालमा Covid-19 को दोस्रो लहर बढेसँगै नेपालबाट युएइ प्रवेश गर्न लगाइएको अस्थायी प्रतिबन्धका कारण समयमै युएइ आउन नसक्नुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले दुबइ प्रवेश गर्नका लागि निम्नानुसार गर्नहुन अनुरोध गरिन्छ-

१. दुबइको आवासीय भिसा हुनेहरूले General Directorate of Residency and Foreigners Affairs-Dubai (GDRFA-D) को वेभसाइट  मा गई आफ्नो भिसाको अवस्था हेर्नुपर्नेछ । दुबइ प्रवेशका लागि भिसा अवधि कायमै रहेकाहरूले सो निकायबाट आवश्यक सहमति (GDRFA Approval) लिनुपर्नेछ ।

२. १८० दिनभन्दा बढी युएइबाहिर रहेका र/वा दुबइको आवासीय भिसा अवधि सकिइसकेका नेपालीहरूले GDRFA को उल्लिखित वेभसाइटमा गई तोकिएका कागजातहरू अपलोड गरी युएइ प्रवेशको सहमतिको लागि अनुरोध गर्नुपर्नेछ । सो सहमति प्राप्त भएको खण्डमा मात्रै दुबइ प्रवेश गर्न सकिनेछ ।

३. दुबइको आवासीय भिसा भएका नेपालीहरूले Covid-19 को खोप लगाएको प्रमाणपत्र पेश नगरे पनि दुबइ प्रवेश गर्न सक्नुहुनेछ । तर खोप प्रमाणपत्र नचाहिने भए पनि 48 घण्टाभित्रको PCR Negative Report र चार घण्टाभित्रको Rapid PCR Test भने चाहिनेछ । तर खोप प्रमाणपत्रबिना दुबइबाहेक युएइका अन्य इमिरेट्सहरूमा प्रवेश गर्न पाइने छैन । नेपाली राजदूतावास, अबुधाब मिति: २०७५ भाद्र १ गते मंगलबार

Ujyaalo Nepal News

https://ujyaalonepalnews.com/archives/15463

Previous articleअफगान युद्धमा सम्झनै पर्ने ति गोर्खा सैनिक: जसले ३० जना तालिवानलाई एक्लैले ठहरै पारेका थिए
Next article४ घन्टे RDT PCR रिपोर्ट नीतिमा दुबईले गर्यो परिवर्तन; नेपालीहरुलाई केहि सहज हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।