Home Uncategorized ४ घन्टे RDT PCR रिपोर्ट नीतिमा दुबईले गर्यो परिवर्तन; नेपालीहरुलाई केहि सहज...

४ घन्टे RDT PCR रिपोर्ट नीतिमा दुबईले गर्यो परिवर्तन; नेपालीहरुलाई केहि सहज हुने

४ घन्टे RDT PCR रिपोर्ट नीतिमा दुबईले गर्यो परिवर्तन; नेपालीहरुलाई केहि सहज हुने

निराजन घिमिरे, अगस्ट १७- लामो समय देखि नेपालीलाई युएई प्रवेशमा रोक लगाएको युएई सरकारले अगस्ट ५ देखि केहि शर्तहरु तोकेर नेपाल बाट युएई प्रवेश गर्न दिने निर्णय सार्वजनिक गर्यो । युएई बाट छुट्टीमा आएर लामो समय देखि नेपालमै रोकिएका नेपाली कामदारहरु युएई जना पाउने खबरले खुसि भए । तर युएईको कडा शर्तको कारण खुलेको भनिएको कयौं दिन बितिसक्दा पनि नेपाल बाट युएई उडान हुन निकै गाह्रो पर्यो ।

तर आज एक सुचना जारी गर्दै दुबई नागरिक उड्डयन प्राधिकरणले दुबई उड्ने यात्रुले यात्रा सुरु गर्नुभन्दा ४ घण्टा भित्रको Rapid PCR Test रिपोर्ट अनिवार्य लैजानुपर्ने नियमलाई परिवर्तन गरेर ६ घण्टा भित्रको रिपोर्ट चाहिने बनाईएको संचारमाध्यमहरुले उल्लेख गरेका छन् । भारत, पाकिस्तान र चार अन्य देशहरु बाट दुबई उड्ने यात्रुहरु चार घण्टा को सट्टा आफ्नो प्रस्थान भन्दा ६ घण्टा पहिले नै आफ्नो RDT परीक्षण गर्न सक्छन् समाचारमा भनिएको छ ।

अहिले सम्म युएई उड्ने यात्रुले यात्रा समय भन्दा ४ घण्टा भित्रको RDT PCR रिपोर्ट लिएर मात्र जान पाउने नियम थियो । दुबई नागरिक उड्डयन प्राधिकरणले केहि सहज हुनेगरी सुचना जारी गरेपछि अब नेपाल बाट दुबई यात्रा गर्ने यात्रुहरुलाई केहि सजिलो हुने भएको छ । अब भारत, पाकिस्तान, नेपाल, श्रीलंका, नाइजेरिया र युगान्डाबाट चार घण्टाको सट्टा प्रस्थान हुनुभन्दा ६ घण्टा भित्र हुने गरि विमानस्थलमा र्‍यापिड पीसीआर परीक्षण गर्न सकिनेछ। तर यो नियम दुबई बाहें अन्य ईमिरेट्समा भने लागु हुने छैन ।

https://ujyaalonepalnews.com/archives/15467

Previous articleदुबई जानलाई खोप कार्ड नचाहिने अरु के के चाहिन्छ ? सम्पूर्ण जानकारी
Next articleभरतपुर अस्पतालबाट मध्याह्न १२ नबज्दै बाहिरिन्छन् चिकित्सक र कर्मचारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।