काठमाडौँ-रियाद रुटमा हिमालयको उडान सुरु हुँदै; टिकटको लागी कँहा सम्पर्क राख्ने ?

काठमाडौँ-रियाद रुटमा हिमालयको उडान सुरु हुँदै; टिकटको लागी कँहा सम्पर्क राख्ने ?

उज्यालो नेपाल, २६ अगस्ट-  नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले काठमाडौँ – रियाद उडान पुन: सुरु गर्ने भएको छ। एअरलाइन्सले एक सुचना जारी गर्दै उडानको बारेमा जानकारी दिएको हो । उडान यहि २९ अगष्ट आईतवार बाट सुरु हुनेछ । उक्त दिन काठमाडौँ बाट बिहान ११:१५ मा उड्ने हिमालयको जहाज दिउँसो १४:१० (साउदी समय) मा रियाद उत्रनेछ ।

त्यस्तै सोहि दिन १५:१० मा रियाद बाट उक्त विमान फर्कने र नेपाली समय अनुसार राती २३:२५ बजे काठमाडौँ अवतरण गर्ने एअरलाइन्स द्वारा जारी सुचनामा बताईएको छ । यस अघि हिमालयको रियाद उडान केहि समय देखि स्थगित रहेको थियो । यँहा क्लिक गरेर तपाईले टिकटको अनलाईन बुकिंग गर्न सक्नुहुनेछ । एअरलाइन्सको अनुसार ईकोनोमी क्लासका यात्रुले ३० केजीको लगेज र ७ केजीको ह्याण्डब्याग बोक्न पाउनेछन् । यँहा क्लिक गरेर हिमालय एअरलाइन्सको लगेज पोलिसी बारे थप बुझ्न सक्नुहुनेछ ।

एअरलाइन्सले रियाद उडान सुचारु गर्ने जनाए संगै साउदीको रियाद क्षेत्र वरपर बसोबास गर्ने नेपाली श्रमिकहरुमा खुसियाली छाएको छ । तर उडान हप्तामा एक दिन मात्र हुने भएकाले केटि निराशा पनि छाएको छ । रियादमा टिकट बुकिंगको लागी Nesma Travel & Tourism [General Sales Agent (GSA)] Jareer Street, Al Malaz, Riyadh Phone: +966-11-2931236 मा सम्पर्क राख्न सकिने छ ।

काठमाडौंमा प्रवेश गर्ने यात्रुहरुले पालना गर्नुपर्ने कुराहरु

नेपाल यात्रा गर्ने सबै यात्रुहरुको लागी नेपाल सरकारले अनिवार्य गरेको स्वास्थ्य र क्वारेन्टिन मापदण्डहरु निम्नानुसार छन:
  • यात्रुहरुले स्वाव संकलन गरिएको समयदेखि प्रस्थान गर्दासम्म ७२ घन्टा भित्रको आफ्नो फोटो एवं बारकोड QR Barcode सहितको पि. सि. आर. परीक्षणको ने’गेटिभ रिपोर्ट वा सो सरहको अन्य टेस्ट ( Gene Xpert/ True NAAT) को रेपोर्ट अनिवार्य बोकेको हुनुपर्ने र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सि. सि. एम. सि.) वेव्साइटमा गएर Aboard Returnee Management System Form भने पर्ने छ।
  • बारकोड /क्यू आर कोड र फोटो सहित पि. सि. आर. परीक्षण रिपोर्ट जारी नगर्ने देशबाट आउने यात्रुहरुको लागी त्यहाँको नेपाली कूटनीतिक नियोगद्वारा जारि गरिएको नेगेटिभ टेस्ट रिपोर्ट साथमा हुनुपर्ने छ ।
  • टिकट भाडामा होटेल क्वारेन्टिन बुकिंग वा कोभिड -१९ परीक्षण सम्बन्धी कुनै पनि प्रकारको लागत सामेल हुने छैन ।

rajan thapa ads

 

  •  Aboard Returnee Management System Form भरे पछि यात्रुहरुले बारकोड प्रिन्ट गरेर साथमा बोक्नुपर्छ । विशेष परिस्थितिको कारण उडान भन्दा पहिले फारम भर्न असमर्थ रहने यात्रुहरुले चेक इन गर्न अघि फारम भर्नपर्छ ।
  • कोभिड-१९ बिरुद्दको खोपको खुराक पुरा नगरेका यात्रुहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बा पर्यटन विभाग वा सि. सि. एम. सि. द्वारा सूचीबद्ध ७ दिनको लागी होटल क्वारेन्टिन आफैँ बुक गर्नपर्छ र चेक-इन काउन्टरमा होटल बुकिंग प्रमाण देखाउनु पर्छ । होटल बुकिंग नगर्ने यात्रुहरुलाई उडान भर्न दिइने छैन ।
  • कोभिड-१९ सम्बन्धी कुनै लक्षण भएका यात्रुहरुलाई एयरपोर्ट आइपुगे पछि हेल्थ डेस्कबाट आइसोलेसन सेन्टर वा अस्पताल पठाइनेछ ।

( श्रोत खुलाईएका बाहेक उज्यालो नेपाल न्युजमा प्रकाशित अन्य सामाग्रीहरु उज्यालो नेपाल एडभरटाइजिङ एण्ड ब्रोडकाष्टिङ प्रा.लि का सम्पती हुन् । क्रेडिट दिएर वा नदिएर अन्य अनलाईनहरुमा यस्ता सामाग्रीहरु प्रकाशन/प्रशारणमा रोक लगाईएको छ । यदि यस्तो कार्य भए/ गरेको पाईएमा कानुनि उपचारको लागी बाध्य भईनेछ । त्यस्तै  कपिराईटको लागी फेसबुकमा समेत रिपोर्ट गरिने छ )

https://ujyaalonepalnews.com/archives/15626

Previous articleनेपाल आईपुगेका दुई रेलको भविष्य अन्योलमा: माधव नेपाल भन्छन् नेपालमा रेल हावादारी योजना हो
Next articleवैदेशिक रोजगारी बाट फर्कंदा बुबा र श्रीमती बीच अ’वैध सम्बन्ध रहेको थाहा पाएपछि घट्यो यस्तो घ’टना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।