साउदीको दमाममा १० सेप्टेम्बरमा राहदानी आवेदन संकलन शिविर सञ्चालन हुँदै

0
50

उज्यालो नेपाल, ३० अगस्ट- साउदीको रियादमा रहेको नेपाली दुताबासले रियाद बाट निकै टाढा कार्यरत नेपालीहरुलाई मध्यनजर गर्दै दमाममा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्ने भएको छ । नेपाली दुताबासले एक विज्ञप्ति जारी गर्दै दम्माममा कार्यालय संचालन हुने मिति समय र स्थान बारे जानकारी दिएको हो! यस अघि पनि विभिन्न मितिमा दमाममा यस्तै अफिस संचालन गरिएको थियो!

पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा विभिन्न शहर र मितिमा राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्न लागेको नेपाली दुताबासले जनाएको छ ! यस अघि दुताबासले विभिन्न समयमा राहदानी नविकरण गर्नुपर्ने व्यक्तिहरुलाई अनलाईन मार्फत प्रि-इनरोलमेन्ट फारम भरेर आवेदन दिन आग्रह गरेको थियो! सोही आग्रह बमोजिम आवेदन दिएका नेपाली नागरिकहरु उक्त अस्थाई कार्यालयमा उपस्थित भएर आवेदन दिन सक्नेछन! दुताबासको सुचना यस्तो छ!

दमाममा राहदानी आवेदन संकलन शिविर सञ्चालन गर्नेसम्बन्धी सूचना !

राजदूतावास रहेको शहर (रियाद) भन्दा टाढा रहनुहुने सेवाग्राहीलाई उहाँहरूलाई पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्य अनुरुप राजदूतावासले साउदी अरबका विभिन्न शहरमा राहदानी आवेदन संकलन शिविर सञ्चालन गर्दैआएको व्यहोरा यहाँहरुलाई अवगत नै छ । यसै सिलसिलामा देहायको मिति, स्थान र समयमा दमाममा राहदानी आवेदन संकलनका लागि शिविर सञ्चालन गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ ।

  • स्थानः- Al Asemah Rest-house for Festivals Al Faisaliah, Dammam
  • लोकेशन हेर्न यँहा क्लिक गर्नुहोला
  • मितिः शुक्रबार १० सेप्टेम्बर २०२१
  • समयः बिहान ७ बजे देखि बेलुका ५ बजेसम्म
राहदानी आवेदनका लागि आउँदा अनिवार्यरुपमा साथमा ल्याउनुपर्ने कागजातहरूः
  • सक्कल राहदानी
  • राहदानीमा आफ्नो फोटो भएको पेज र पेज नं. ३१ को फोटोकपि एक/एक प्रति
  • नागरिकताको फोटोकपि एक प्रति (अगाडि र पछाडि दुबै पेज एउटै पानामा आउने गरी)
  • प्रि-इनरोलमेन्ट गरेको बारकोड युक्त फाराम
  • राहदानी दस्तुर साउदी रियाल- २००।–
  • राहदानी हराएको वा कुनै कारणले बिग्रिए वा च्यातिएको भए साउदी रियाल-४००।-

नोटः राहदानी नविकरणको लागि आउँदा प्रि-इनरोलमेन्ट गरेर आउनुपर्नेछ । राहदानी विभागको लिंक  मा गएर प्रि-इनरोलमेन्ट गर्न सकिनेछ । प्रि-इनरोलमेन्ट कसरी गर्ने भन्ने बारेमा दूतावासको यससँगैको अर्को सूचना हेर्नुहोला । साथै, साउदी अरबमा कोभिड-१९ महामारीको जोखिम कायमै रहेकोले भिडभाड हुन नदिन राहदानी आवेदनका लागि शिविरमा आउँदा सम्बन्धित व्यक्ति मात्र आउनु हुन समेत अनुरोध छ । नेपाली राजदूतावास, रियाद २९ अगष्ट २०२१

https://www.ujyaalonepalnews.com/archives/15673

Previous articleटाँडी चोकको एटुजेड मोबाईलको सटर फोडेर लाखौँको मोबाइल चोरी
Next articleरत्ननगर १६ मा युवा संघको अगुवा कार्यकर्ता भेला सम्पन्न; सुलज मगरको अध्यक्षतामा वडा कमिटी गठन