Home Uncategorized पचास लाख खर्च गर्दा पनि सुध्रिएन निशाको अवस्था; अस्पतालले दियो यस्तो जानकारी

पचास लाख खर्च गर्दा पनि सुध्रिएन निशाको अवस्था; अस्पतालले दियो यस्तो जानकारी

पचास लाख खर्च गर्दा पनि सुध्रिएन निशाको अवस्था; अस्पतालले दियो यस्तो जानकारी

काठमाडौँ / मोडल निशा घिमिरेको स्वास्थ्यमा अपेक्षित सुधार नभएको नर्भिक अस्पतालले अस्पतालले बताएकाे छ । आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै निशाको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार हुन नसकेको जानकारी दिइएको हो । निशाको उपचारका लागि ५० लाख बढी खर्च भएको समेत जानकारी दिएको छ । उद्धार गरिएको ३ महिनासम्म पनि सुधार नभएकाे अस्पतालले बताएकाे छ ।

तीन वर्षअघिसम्म मिडियाहरुमा छाउने गरेकी मोडल निशा घिमिरेको अहिलेको अवस्था पत्याउनै नसक्ने ‘दर्दनाक’ रहेको छ । चलेकी मोडल निशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थन्किएकी थिइन् । तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारतको देहरादून जाँदै गर्दा सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । दुर्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो ।

तर, त्यहाँको अस्पतालको उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए । काठमाण्डौमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो । तर, उनको अवस्थामा सुधार हुन सकेन । त्यसपछि चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा कलाकार घिमिरेको लगातार थेरापी गरिएको थियो ।

नियमित थेरापी गर्न समेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमण समेत बढेपछि उनी घरमै थन्किएकी थिइन् ।निशाको तस्वीर सार्वजनिक भएपछि नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले उनको उपचार निःशुल्क रुपमा सुरु गरेकी थिइन् ।

सन्दीप लामिछानेको मुद्दा : बहसमा समय निर्धारण, आजै फैसला सुनाउने तयारी

Previous articleसाउदीको दमाममा १० सेप्टेम्बरमा राहदानी आवेदन संकलन शिविर सञ्चालन हुँदै
Next articleसाउदीको विमानस्थलमा ड्रोन आ’क्रमण, ८ जना घा’इते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।