साउदीको विमानस्थलमा ड्रोन आ’क्रमण, ८ जना घा’इते

१५ भदौ, काठमाडौं । साउदी अरेबियाको अभा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आ’क्रमण भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उक्त आक्र’मणमा परी आठ जना घा’इते भएका छन् भने एउटा यात्रुबाहक विमान क्ष’तिग्रस्त भएको छ ।

साउदी अरेबियाको सरकारी न्युज च्यानल अल अरेबियाले जनाए अनुसार दक्षिणी क्षेत्रमा अवस्थित उक्त विमानस्थलमा पछिल्लो २४ घण्टामा दोस्रोपटक आक्र’मण गरिएको हो । अल अरेबिया च्यानलका अनुसार एउटा आ’क्रमण भएको केही घण्टामा नै दोस्रो आ’क्रमण भएको थियो, यद्यपि यो आक्र’मण भने अस’फल पारिएको थियो । आक्र’मणमा मानवीय क्ष’ति भने नभएको बताइएको छ ।

अहिलेसम्म यो आक्र’मणको जिम्मेवारी कसैले पनि लिएको छैन । यमनमा यु’द्ध गरिरहेको हुथी वि’द्रोहीले आ’क्रमण गराएको हुनसक्ने आशं;का छ । केही दिनअघि यमनको दक्षिणी क्षेत्रमा रहेको ठूलो सैन्य क्याम्पमा मि’साइल र ड्रोन आक्र’मण भएको थियो । उक्त आक्र’मणमा साउदी अरेबियाको समर्थनमा रहेको यमनी गुटका ३० सैनिकको मृ’त्यु भएको थियो ।

https://ujyaalonepalnews.com/archives/15684

Previous articleपचास लाख खर्च गर्दा पनि सुध्रिएन निशाको अवस्था; अस्पतालले दियो यस्तो जानकारी
Next articleलाखौको कोसिस सफल हुन सकेन; मोडल निशा घिमिरेले छोडिन् संसार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।