Home Uncategorized रत्ननगरका तिन वडाध्यक्षले एमाले छोडे; एमालेका ५५ जना जनप्रतिनिधि मध्य १४ जना...

रत्ननगरका तिन वडाध्यक्षले एमाले छोडे; एमालेका ५५ जना जनप्रतिनिधि मध्य १४ जना समाजवादी तिर

रत्ननगरका तिन वडाध्यक्षले एमाले छोडे; एमालेका ५५ जना जनप्रतिनिधि मध्य १४ जना समाजवादी तिर

उज्यालो नेपाल, भदौ १७, चितवन- चितवनको रत्ननगरमा एमाले बाट निर्वाचित  ५५ जना जनप्रतिनिधि मध्य १४ जनाले एमाले त्यागेका छन् । जिल्ला निर्वाचन कार्यालय भरतपुरमा आज विहीवार नेकपा एकीकृत समाजबादीमा सनाखन गरेसंगै उनीहरुले औपचारिक रुपमा एमाले छाडेको पुष्टि भएको हो । वडा नं. १५ का वडाध्यक्ष हुमनाथ लामिछाने, वडा नं. ९ का वडाध्यक्ष रोशन आचार्य र वडा नं १४ का वडाध्यक्ष हरिकुमार श्रेष्ठले एमाले त्यागेर समाजवादी तिर लागेका हुन् ।

त्यस्तै कार्यपालिका सदस्यहरु राजेन्द्र हमाल,कृष्णहरि परियार, वडा नं १२ की वडासदस्य तथा कार्यपालिका सदस्य निर्मला खड्का, वडा नं १६ का वडा सदस्य नेत्र रायमाझी, वडा नं ८ का वडा सदस्यहरु नेत्र गिरी, कुमारी विक, वडा नं ३ की वडा सदस्य विमला परियार, वडा नं ९ की वडा सदस्य गायत्री विक,सोही वडाका वडा सदस्य मन बहादुर थापामगर,वडा नं १० का वडा सदस्य कमलबहादुर घिमिरे र वडा नं १५ का वडा सदस्य अनिल थिङ पनि एमाले छोडेर समाजवादीमा लागेका छन् ।

रत्ननगरमा स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट मेयर, उपमेयर सहित ५५ जना निर्वाचित भएका थिए भने नेपाली काँग्रेसका तर्फ बाट ६ जना वडाध्यक्ष सहित ३० जना निर्वाचित भएका थिए । माधव कुमार नेपालले एमाले फुटाएर समाजवादी बनाएपछि रत्ननगरमा एमालेका तर्फा बाट निर्वाचित ५५ जना मध्ये १४ जनाले एमाले परित्याग गरी समाजबादीमा सनाखत गरेका हुन ।

कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह : समिति बनाउँछौं, गृहमन्त्रीलाई बोल्न दिनुस्

Previous articleकोरोना संकटको बेला कतार, हिमालय र टर्किस एयरलाइन्सले यात्रु ठगेको निष्कर्ष
Next articleकतार प्रहरीमा भर्ना म्यानपावर बाटै; अहिले जम्मा २ सय जना भर्ना हुने तलब ६ हजार रियाल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।