Home Uncategorized रत्ननगर १६ मा युवा संघको अगुवा कार्यकर्ता भेला सम्पन्न; सुलज मगरको अध्यक्षतामा...

रत्ननगर १६ मा युवा संघको अगुवा कार्यकर्ता भेला सम्पन्न; सुलज मगरको अध्यक्षतामा वडा कमिटी गठन

0
70

रत्ननगर १६ मा युवा संघको अगुवा कार्यकर्ता भेला सम्पन्न; सुलज मगरको अध्यक्षतामा वडा कमिटी गठन

निराजन घिमिरे, भदौ २१, चितवन- रत्ननगर १६ मा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलाले सुलज मगरको अध्यक्षतामा ५१ सदस्यिय वडा कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा सुरज थापा, सरोज कोईराला, कुशल बजगाई, दिपक मगर र सबिन नेपाल चयन भएका छन् । त्यस्तै कमिटिको सचिवमा विकाश नेपाल, सह-सचिवमा गणेश न्यौपाने र कोषाध्यक्षमा राजन थापा चयन भएका छन् ।

भेलाले हरि गुरुङलाई वडा ईन्चार्जको जिम्मेवारी तोकेको छ । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य जगन्नाथ थपलिया प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो भने विशिस्ट अतिथिको रुपमा जिल्ला कमिटी अध्यक्ष पार्वती रावल उपस्थित हुनुहुन्थ्यो । त्यस्तै उप-मेयर बिमला दुवाडी, नेकपा एमाले जिल्ला सचिव शैलेश खनाल एमाले नेताहरु प्रेमनाथ दुवाडी,यादव पाठक,चन्द्रकान्त न्यौपाने लगायत अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।

 

https://www.ujyaalonepalnews.com/archives/15734