चितवनको कालिका, खैरहनी र इच्छाकामनामा एकीकृत समाजवादी शून्य

चितवनको कालिका, खैरहनी र इच्छाकामनामा एकीकृत समाजवादी शून्य

चितवन, भदौं २२- चितवनका सात स्थानीय तहमध्ये तीन वटा स्थानीय तहमा एमालेका कुनै पनि जनप्रतिनिधिले माधव नेपालको पार्टी एकीकृत समाजवादीमा सनाखत गरेका छैनन् । कालिका नगरपालिका, खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकामा एकीकृत समाजवादी शून्य भएको हो । सूर्य चिन्हमा जनतासँग भोट मागेर जितेकाले अन्य पार्टी जादा जनमतको अपमान हुने जनप्रतिनिधिहरुले जनाएका छन् ।

खैरहनी नगरपालिकाका नगर प्रमुख लालमणि चौधरीले सूर्य चिन्हबाट जनताको भोट पाएर जितेका जनप्रतिनिधि अन्य पार्टीमा लाग्नु नैतिकरुपमा पनि ठिक नहुने बताए । उनले भने, ‘ मैले सबै एमालेका जनप्रतिनिधिलाई यस विषयमा एकताबद्ध भएर बस्नुपर्छ । दायाँबायाँ गर्नु हुँदैन भनेर सम्झाएको पनि थिए । पछिको कुरा जेसुकै होस् तर अहिले हामी सबै एमालेमा नै रहने निर्णय गरेका छौं ।’

खैरहनी नगरपालिकामा नगरप्रमुख र उपप्रमुखसहित सात जना वडा अध्यक्ष नेकपा एमालेले जितेको हो ।नगरकार्यपालिकामा ८ जना सदस्य एमालेका तर्फबाट निर्वाचित भएका छन् । त्यसैगरी इच्छाकामना गाउँपालिकामा तीन वडा अध्यक्ष एमालेले जितेको थियो । त्यहाँ पनि कुनै पनि एमालेका जनप्रतिनिधि एकीकृत समाजवादीमा सनाखत गर्न गएनन् । त्यसैगरी कालिका नगरपालिकामा पनि एमालेले ६ वटा वडा अध्यक्षमा जितेको थियो । कालिकाका पनि कुनै पनि जनप्रतिनिधि समाजवादीमा सनाखतको लागि गएनन् ।

https://ujyaalonepalnews.com/archives/15750

Previous articleकतार प्रहरीको कथा; नि:शुल्क भन्दै विज्ञापन तर प्रत्येक व्यक्तिबाट १०-१० लाख असुल
Next articleविदेशमै फ्ल्याट भाडामा लिएर घरेलु रक्सी बनाएर बेच्नेलाई प्रहरीले समायो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।