कोरोनाभाइरसले लियो हालै सांसद बनेकी इरानी महिला राजनीतिज्ञको ज्यान

शुक्रबार ५६ वर्षकी सांसद फतेमा रहबरको मृत्यु भएको इरानको तास्निम समाचार संस्थाले बताएको छ।

राजधानी तेहरानको बासिन्दा उनी हालै उनी सांसद बनेकी थिइन्। कोरोनाभाइरसको संक्रमणपछि स्वासप्रस्वासमा गम्भीर समस्या देखिएपछि उनको निधन भएको बताइएको छ।

कोरोनाका कारण मृत्यु भएकी फतेमा पहिलो महिला राजनीतिज्ञ भएको जनाइएको छ। यसअघि इरानकै एक पुरुष सांसदको पनि मृत्यु भएको थियो।

हालसम्म इरानमा १ सय २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ। यतिबेला त्यहाँ ४ हजार ७४७ जना कोरोनाबाट बिरामी परेका छन्।

घान्द्रुक दुर्घटनामा दुवै छोरी गुमाएकी यि आमाको अवस्था: भन्छिन् ‘जन्माउँदा मेरो कोख दुखेन तर आज सारा शरीर पोलीरहेछ’

Previous articleललिता निवास जग्गा प्रकरण : गच्छदारसहित ७४ जनाविरुद्द १५ दिने म्याद जारी
Next articleकोरोना भाइरस : एन्फाले रोक्यो फुटबल गतिविधि
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।