मलेशिया बाट सत्र नेपालीको लास तथा अस्तु नेपाल आईपुग्यो

मलेशिया बाट सत्र नेपालीको लास तथा अस्तु नेपाल आईपुग्यो

काठमाडौं, भन्दौ २६- वैदेशिक रोजगार बोर्डको तथ्यांक हेर्दा पनि मलेसियामा सबभन्दा धेरै नेपालीहरूले ज्यान गुमाउने गरेका छन्। त्यस्तै रोजगारीको सिलसिलामा मलेसिया गएर विभिन्न कारणले ज्यान गुमाएका १७ जना नेपाली युवाहरूको शव तथा अस्तु आज नेपाल आइपुगेको छ। नेपाल एयरलाइन्सको आरए ४१६०५–०७३५ उडानबाट शव तथा अस्तु ल्याइएको हो। जसमा छ जनाको शव आएको छ भने ११ जनाको अस्तु ल्याइएको छ।

उद्धवबहादुर बस्नेत, राकेश कुमार यादव, गोपालसिंह बस्नेत, जबर बहादुर राई, शिवकुमार तामाङ, ओमप्रकाश पुनमगरको शव ल्याइएको हो भने गणेश ज्ञवाली, टिकाराम भट्टराई, नरबहादुर कार्की, मेखबहादुर गुरुङ, रामबाबु पण्डित, राजेन्द्र लिम्बू, महेश्वर राय यादव, तुलबहादुर खङ्गाह, खुमबहादुर राना, रामबहादुर धिमाल, ललित महरा गरी ११ जनाको अस्तु ल्याइएको हो।

गैरआवासीय नेपाली संघ मलेसियाका निवर्तमान अध्यक्ष हरिप्रसाद भट्टराईका अनुसार मलेसियामा कोभिडका कारण मात्रै एक सय बढी नेपालीहरूले ज्यान गुमाएका छन्। हार्टअट्याक, दुर्घटनालगायत विभिन्न कारणले नेपालीहरूले ज्यान गुमाउने गरेका छन् भने कतिपय अवस्थामा मृत्युको कारण नै नखुल्ने पाइएको छ। हाल मलेसियामा करिब तीन लाख नेपालीहरू कार्यरत रहेको अनुमान छ। रोजगारीका पुगेकाहरू शव बनेर फर्कनेहरूको संख्या पनि निकै ठूलो छ।

https://ujyaalonepalnews.com/archives/15793

Previous articleआफनै भतिजाले गरेका रहेछन सङ्खुवासभामा ६ जनाको सामुहिक हत्या
Next articleअर्जुन र प्रेमकलाको स्वरमा ‘चुम्बन गरिस्यो’ सार्वजनिक
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।