स्टार र डायमण्ड बन्ने लोभले बिदेसमा कमाएको पैसा उतै सकाउनेहरुको कथा

0
76

काठमाडौं । नेपालमा नेटवर्किङ व्यवसायहरुलाई अनुमुमति दिइएको छैन । तर खाँडी मुलुकलगायत बिभिन्न देशमा भने यो चालु छ । जहाँ बैदेशिक रोजगारीका लागि बिदेश पुगेका युवा, युवतीहरु यही व्यवसायमा जोडीने गरेका छन् । तर, डीएक्सएन नामक यस नेटवर्कमा जोडीने सबैले आर्थिक लाभ हासिल गर्छन् भन्ने भ्र मले कतिपयको निन्द्रा हराएको छ । घरको रोजीरोटी र आफ्नो सुनौलो भविष्यका लागि बिदेसीएकाहरु पछिल्लो समय डीएक्सएनबाट चौपट भएको गुनासो आउन थालेको छ ।

 

विशेष गरी खाडी मुलुक मलेसिया, कतार लगायतका खाँडी मुलुकमा रहेका नेपाली श्रमीकहरुले डीएक्सएन नेटवर्किङ कम्पनीमा लागेर आफू बर्बाद भएको गुनासो गर्न थालेका हुनु । ‘के के न हुन्छ होला भनेर प्रोडक्ट खरिद गर्नमा पैसा लगानी गरियो लास्टमा उई’ उदयपुर घर भई लामो अढाई वर्षयता मलेसीया बस्दै आएका कुशन राईले भने, ‘लास्टमा खाली हात, उल्टै यतिका वर्ष दु ख गरेर कमाएको पैसा डुब्यो ।’

उदयपुरका कुशन मात्र हैन खोटाङका सुरज मगर पनि आफू मलेसीया आएपछि डीएक्सएन को चक्करमा लाग्दा पैसा डुबाएको बताउछन् । सामाजिक सञ्जाल फेसबुक र बिभिन्न साइटमा आकर्षक विज्ञापन र व्यापक मार्केटिङ गरेर सर्वसाधरण आकर्षण गर्ने गरेको नेटवर्कमा लागेका अगुवाहरुले नै प्रलोभन देखाएर नेपाली फ सा उ ने गरेको उनको गुनासो छ ।

उत्पादन हुने उद्योग ।

स्याङ्जाका प्रताप थापा पनि मेम्बर (सदस्य) बन्दा ४ वर्ष मलेसीया बसेर कमाएको सबै पैसा स त्य ना स भएको अमिलो अनुभव सुनाउछन् । कम्पनीको प्र लो भ न अनुसार आफू मलेसियाको विभिन्न सहरमा प्रोडक्ट लिएर भौ ता रि दा पनि हातलागी शू न्य सामना गरेको थापा गु ना सो गर्छन् ।

डीएक्सनको उत्पादक कम्पनीले बिभिन्न पद निर्धारण गरेको हुन्छ । त्यसैको आधारमा ‘डाइमण्ड’ पदमा पुग्नका लागि लगानी गर्दा थापाले आफ्नो ४ वर्षे कमाई गु मा ए को बताए । ‘डाइमण्ड’ बन्न आफ्नै गोजीको पैसा लगानी गरेर अरुको ‘पिवी’ बढाउदा रकम स कि ए को उनको भनाई छ ।

गोजीको पैसाले आफूभन्दा तलकालाई पीबी बढाएपनि प्रतिफल नआएको गु ना सो छ । नेटवर्किङ व्यावसायीले सोझा नेपालीलाई टार्गेट गर्ने गरेको बताइएको छ । झापाका अमित विकको पीडा पनि थापाको भन्दा कमको छैन । मलेसिया आएर साथीको द वा व मा मेम्वर (सदस्य) वनेका उनी कोतरायामा पीबी बढाउन भो क भो कै भौ ता रि दै हिडेको सम्झन्छन् । पीवी वढाउने लो भ मा आफूलाई कहिल्यै नचाहिने सामानहरु पनि खरिद गर्नुपरेको बिकको गु ना सो छ ।

सो नेटवर्कमा सुरुमा फ का ए र प्र लो भ न मा पारी सदस्य बन्न प्रेरित गर्ने गरिएको पी डि त ह रु बताउछन् । मेम्बर बनेर लगानी फ सी स के प छि अगुवा (लिडर)हरुले उनीहरुलाई जतिसक्दो धेरै सामान खरिद गराउने लगाउने गरेका छन् । पीडितहरुका अनुसार अगुवाहरुले आफ्नो पीबी बढाउन अनेक प्रलोभन देखाएर आफूभन्दा मुनीका मेम्बरहरुलाई अ ना व श्य क सामानसमेत खरिद गर्न हौस्याउदै आएका छन् ।

‘जति पीबी बढ्यो उतिनै बोनस रकम बढी आउछ भन्दै आफूलाई न चा हि ए को सामान पनि लोभ देखाएर किन्न लगाए’ उदयपुर कटारीका सुजन मगरले भने, ‘न सामान नै काम लाग्यो नत बोनस नै आयो ।’ उही हातलाग्यो शू न्य । उनका अनुसार मलेसीयामा कतिपयले बो न स को लो भ मा कुरै नबुझी सदस्य बन्दै आएका छन् । पछि बुझ्दा उनीहरुको लगानी डु बी स के को हुन्छ ।

रातो च्याउबाट बनेको दा बी गर्दै मलेसियामा उत्पादित सामानहरु बिक्री गर्दै बोनस पाउने ला ल च मा सयौँ नेपालीहरुको लगानी बालुवामा पानी बन्दै आएको छ । कम्पनीको सीधै पहुँचमा हुने र पुराना लिडरहरु अधिकांसले राम्रै आर्थिक लाभ पनि लिदै आएको बताइन्छ तर, सर्वसाधरण भने सामान्य मेम्बर मात्र बनेर आर्थिक लोभमा फसी वर्षौ लगाएर पसिनासँग साटेको पैसा डुबाउनेहरु को पक्षमा सम्बन्धित निकायले निगरनी बढाउनुपर्ने आवश्यकता देखिएको छ ।

https://www.ujyaalonepalnews.com/archives/15829

Previous articleजसरी पनि MCC पास गराउने देउवाको रणनिति, आन्दोलनको डरले आर्मी पुलिस हाईअलर्ट
Next articleदुल्हन फर्काउन आएकी पवित्रा टिकटक बनाउँदा बनाउंदै सेतीनदिमा बेपत्ता (भिडियो सहित )