दुल्हन फर्काउन आएकी पवित्रा टिकटक बनाउँदा बनाउंदै सेतीनदिमा बेपत्ता (भिडियो सहित )

0
68

दुल्हन फर्काउन आएकी पवित्रा टिकटक बनाउँदा बनाउंदै सेतीनदिमा बेपत्ता

तनहुँ := टिकटक बनाउने क्रममा सेती नदीमा खसेर आज तनहुँमा एक किशोरी बेपत्ता भएकी छन्। शुक्लागण्डकी नगरपालिका-८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ। शुक्लागण्डकी नगरपालिका-८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी खसेर बेपत्ता भएकी हुन्।

आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्सालको नदीमा खसेर बेपत्ता भएपछि अहिले स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेल चौतराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए। घुम्ने क्रममा साथीहरुसँग टिकटक बनाउन नदी छेउमा रहेको ढुङ्गामा उभिएकी लम्साल अचानक चिप्लिएर नदीमा खसेको उनीसँगै गएका साथीहरुले बताएको उनले बताए। लम्साल अचानक चिप्लिएर नदीमा खसेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेपछि तत्कालै खोजी कार्यमा खटिएको उनले जानकारी दिए।

नदीतर्फ जाँदै गर्दा लम्साललाई उनका साथीले चि’च्याउँदै ‘नजा भनेको के’भन्दै रो’क्न खोजेका थिए। बेप’त्ता पवित्राको प्रहरीले खोजी गरिरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिएका छन्। ५ दिनअघि विवाह गरेकी लम्साल दुलहन फर्काउन माइत आएकी थिइन् । लालिम माइत भएकी १९ वर्षीया पवित्रा लम्साल ५ दिनअघि विवाह गरेकी लम्साल दुल्हन फर्काउन माइत आएकी थिइन् । भिडियो यहाँ लिंकमा छ ।

https://www.ujyaalonepalnews.com/archives/15833

Previous articleस्टार र डायमण्ड बन्ने लोभले बिदेसमा कमाएको पैसा उतै सकाउनेहरुको कथा
Next articleलोग्ने भनेको स्वास्नीको शरीर बलिया हुँदा मात्र आफ्नो हुने रहेछ’ – सुष्मा