कतार जानेलाई अझ सजिलो, २ दिन होटल क्वारेन्टाइन बसे पुग्ने

दोहा- कतारले यात्रा नीतिलाई परिवर्तन गरेको छ । कतारले खोप लगाएका विदेशी पर्यटकले अनिवार्य दुई दिन होटल क्वारेन्टाइन बस्नुपर्ने नियम बनाएको छ । यसअघि खोप लगाएकाले १० दिने होटल क्वारेन्टाइन बस्नु पर्ने समयावधि घटाइएको हो । यद्यपि होटल छाड्नअघि पीसीआर परीक्षण रिपोर्ट अनिवार्य पेस गर्नु पर्ने भएको छ । रिपोर्टमा नेगेटिभ देखिएको तथा एण्टिबडी टेस्टमा पोजिटिभ देखिए मात्रै निर्वाध हिँडडुल गर्न दिइने हामद मेडिकल कर्पोरेशनले जनाएको छ ।

नयाँ नियम कतार बाहिरबाट यहाँको स्वास्थ्य मन्त्रालयले अनुमोदन गरेको खोपहरू लगाएका आफ्ना नागरिकमा पनि लागु हुने कर्पोरेशनले जनाएको छ । कतारले नेपालसहित बंगलादेश, भारत, पाकिस्तान, फिलिपिन्स र श्रीलंकालाई उच्च जोखिम भएका देशहरूको रूपमा वर्गीकृत गरेको छ ।

कतारको यो नयाँ यात्रा नीतिसंगै अब नेपालमा खोप पूर्ण डोज खोप लगाएका र यहाँको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको खोप लगाएका नेपालीले कतार प्रवेश गर्दा १० दिने होटल क्वारेन्टाइन बस्नुपर्ने बाध्यता हटेको छ । तर,नयाँ नीति कहिलेदेखि लागू हुने केही उल्लेख गरिएको छैन । खबरहब बाट 

https://ujyaalonepalnews.com/archives/15981

Previous articleनारी चेतना बचतको २३ औं बार्षिक साधारण सभा : मुनाफा ५३ लाख
Next articleरनवेमा हेर्दा एम्बुलेन्स, पुलिस सबै तैनाथ थिए; मानिसहरु आत्तिएर रुन थालेपछि झन् गाह्रो भयो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।