Home Uncategorized नौ लाख जनालाई पर्ने मध्य भोटेकोसीको ९० लाख कित्ता आईपीओ खुल्दै

नौ लाख जनालाई पर्ने मध्य भोटेकोसीको ९० लाख कित्ता आईपीओ खुल्दै

नौ लाख जनालाई पर्ने मध्य भोटेकोसीको ९० लाख कित्ता आईपीओ खुल्दै

काठमाडौं । मध्य भोटेकोसी जलविद्युत कम्पनीले सर्वसाधारणका लागि २० असोजबाट साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई बाँकी ९० लाख कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९० करोड बराबरको ९० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

यस आईपीओमा सर्वसाधारणले २० देखि २५ असोजसम्म आवेदन दिन सक्ने छन् । नेपाल धितोपत्र बोर्डबाट सि(आश्वा अनुमति लिएको बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आईपीओमा लगानी गर्न सकिनेछ । केयर रेटिङ नेपालले कम्पनीको आईपिओलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले गत ५ वैशाख नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो । कम्पनीको पहिलो चरणको आयोजना प्रभावितहरूका लागि छुट्याइएको आईपीओको बाँडफाँट सोमबार सम्पन्न गरेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्नेछ।

https://ujyaalonepalnews.com/archives/15988

Previous articleरनवेमा हेर्दा एम्बुलेन्स, पुलिस सबै तैनाथ थिए; मानिसहरु आत्तिएर रुन थालेपछि झन् गाह्रो भयो
Next article‘काण्ड ग्रुप’ बनाएर सामाजिक स’ञ्जालमा अ’श्लील सामाग्रीको लेनदेन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।