काठमाडौँ — भिडियोलगायतका सन्देश आदानप्रदान गर्न मिल्ने विभिन्न सामाजिक सञ्जा’लमा ‘प्राइभेट ग्रुप’ खोलेर नेपालमा अ’श्लील सामाग्रीको मोलमोलाइ र लेनदेन हुने गरेको पाइएको छ । तर, यस्ता सामाग्रीको कारोबार रोक्न प्रहरीलाई भने कानुनी अ’ड्चन छ । जसले गर्दा सामाजिक वि’कृति फैलने जो’खिम समेत बढेको छ । अ’श्लील सामाग्रीजन्य वेबसाइट बन्द गरी सामाजिक वि’कृति रोक्न सरकारले २०७५ असोजबाट सक्रियता बढाएको थियो । त्यसयता यस्ता अ’श्लील सामाग्रीजन्य करिब २५ हजार बेभसाइट ब’न्द गरिसकेको छ ।
तर, पछिल्ला दिनमा टेलीग्राम, ट्याङगो, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालका प्राइभेट मेसेज ग्रुपमा हजारौं मानिस अ’श्लील सामाग्रीको मोलमोलाइमा लागेको देखिन्छ । प्रहरीले अनुसन्धान गरिरहेका प्राइभेट ग्रुपका गतिविधि केलाउने हो भने ग्रुपमा आबद्ध व्यक्तिले शा;रीरिक सम्पर्क गर्नेदेखि न’ग्न तस्बिर प्रदर्शन गर्नेसम्मका कार्य निश्चित रकम तोकेरै हुने गरेको देखिन्छ । सामाग्री उपलब्ध गराउने प्रयोगकर्ताले तोकेको रकम अनलाइन माध्यमबाट भुक्तानी भएपछि अ’श्लील गतिविधि सुरु हुने गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए । ‘
अ’श्लील तस्बिर खिचेर पोस्ट गर्ने वा लाइभ देखाउने वा तोकिएको स्थानमा पुगेर भुक्तानी गरेको रकमअनुसार महिला–पुरुषबीच यौ’न क्रियाकलाप हुने गरेको पाइएको छ । यो सबै अनालइनबाट रकम भुक्तानी भइसकेपछि हुने गरेको पनि देखिन्छ,’ ती अधिकारीले भने । अ’श्लील सामाग्रीको कारोबार गर्नकै लागि अ’श्लील वार्तालाप, न’ग्न तस्बिर प्रदर्शन र त्यसपछि रकम भुक्तानी गर्नेसँग व्यक्तिगत रुपमा कुराकानी गरेर थप यौ’नजन्य क्रियाकलाप गर्नलाई मोलमोलाइ हुने गरेको उनले दाबी गरे ।
न’ग्न तस्बिरसहित एक महिलाको नाम उल्लेख गरिएको एउटा इन्स्टाग्रामको अकाउन्टबाट अर्को व्यक्तिलाई ग्रुप म्यासेजमा मेन्सन गरेर पठाइएको छ, ‘तपाईंका केही भिडियो पाएँ, मसँग भएका भिडियो किन्ने हो भने मलाई डाइरेक्ट म्यासेज पठाउनुहोस ।’ यस्ता अन्य प्राइभेट ग्रुपमा पनि अ’श्लील भिडियो आदानप्रदान गर्न यही तरिका अपनाइने गरेको अनुसन्धानमा देखिन्छ । अनुसन्धानको दायरामा परेको एउटा केसमा टेलिग्राम एपमार्फत करिब १० हजार मानिसबीच अ’श्लील सामाग्रीको मोलमोलाइ भइरहेको पाइएको छ । प्रहरीले त्यस ग्रुपमा नेपालीका साथै विदेशी नागरिकहरु पनि अ’श्लील सामाग्री कारोबार तथा आदानप्रदानमा जोडिएको बताउँछ ।
यस्तै, अनुसन्धानमा परेको अर्को एउटा केस भने इन्स्टाग्रामको प्राइभेट ग्रुपसँग सम्बन्धित छ । त्यसमा अ’श्लील तस्बिर र भिडियोका क्लिप राखेर मोलमोलाइ गर्ने गरिएको देखिन्छ । साथै, अर्को केस भने ट्याङगो एपको प्राइभेट ग्रुपसँग सम्बन्धित छ । यसमा त खुलमखुला नै अ’श्लील सामाग्रीजन्य भिडियो र तस्बिर राखेको देखिन्छ । वेबसाइटमार्फत् अ’श्लील सामाग्रीको कारोबार र प्रचारप्रसार रोक्न सरकारले २०७५ असोजमा निर्णय गरेको थियो । त्यसयता नेपाल प्रहरीको समेत सहयोगमा नेपाल दूरसञ्चार प्राधिकरणले अ’श्लील वेबसाइट बन्द गर्दै आएको छ ।
https://ujyaalonepalnews.com/archives/15992


