Home Uncategorized क्यानडा जाने तपाइको सपनालाई यसरी पार्नुहोस् साकार

क्यानडा जाने तपाइको सपनालाई यसरी पार्नुहोस् साकार

काठमाडौँ – विश्वव्यापीकरणको यो समयमा आज मानिससँग संसारको हरेक कुना चाहर्ने क्षमता विकास भएको छ। पछिल्ला केही वर्ष यता नेपालबाट पनि विभिन्न अवसर खोज्दै बिदेसिने क्रम बढिरहेकै छ। त्यसमा पनि गुणस्तरीय र विश्वले मान्यता दिने डिग्रीको खोजीमा विभिन्न देश पुग्ने विद्यार्थीको सङ्ख्या उतिकै बढेको छ। यी विद्यार्थीहरू शिक्षा सँगै सिप र दक्षता हासिल गर्ने उद्देश्य राख्छन्। यही काममा सहयोग र सहजीकरण गर्छन् मान्यता प्राप्त शैक्षिक परामर्श व्यवसायीहरू। करिब १.५ वर्ष कोरोना र लकडाउनको चपेटामा परेको शैक्षिक परामर्श व्यवसाय बिस्तारै लयमा फर्कन थाले सँगै “अब्रोड स्टडीका” विविध आयाममाथि छलफल सुरु भएको छ।

शुक्रवार काठमाडौँको र्याडिसन होटलमा आयोजित एक कार्यक्रमले अब नेपाली शैक्षिक परामर्श क्षेत्र बिस्तारै अघि बढ्न थालेको सन्देश दिएको छ। सक्सेस एजुकेसन कन्सल्टेन्सीले आयोजना गरेको कार्यक्रममा क्यानेडियन विश्वविद्यालयका प्रतिनिधि तथा क्यानडाका रजिस्टर्ड माइग्रेसन कन्सल्टेन्ट दिवाकर शर्माले क्यानडा अध्ययनका विविध पाटोलाई समेटेर जानकारीमूलक प्रस्तुति दिएका थिए। कार्यक्रममा स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) का पदाधिकारी तथा सदस्यहरू र उपत्यकामा परामर्श व्यवसाय गरिरहेका व्यवसायीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै शर्माले नेपाली विद्यार्थीका लागि किन क्यानडा उपयुक्त शैक्षिक गन्तव्य हो भन्ने प्रस्ट पारे। साथै उनले प्रतिनिधित्व गर्ने दुई क्यानेडियन विश्वविद्यालयहरु: “युनिभर्सिटी अफ प्रिन्स एडवार्ड आइलेंड” र “युनिभर्सिटी अफ नर्थन ब्रिटिस कोलम्बियाका” बारेमा जानकारी दिए। कार्यक्रममा उनले दिएका जानकारीलाई हामीले तल सूचीकृत गरेका छौ।

नेपाली विद्यार्थीका लागि क्यानडा नै किन ?
क्यानडा अन्तर्राष्ट्रिय विद्यार्थीले बढी रुचाएको एक प्रमुख गन्तव्य को रूपमा रहेको छ। शैक्षिक संस्थाहरूको गुणस्तर र त्यहाँ अन्तर्राष्ट्रिय विद्यार्थीले पाउने कोर्सका विभिन्नता, उपयुक्त वातावरण र शुल्कका कारण मात्रै यो देश रोजाइको बनेको नभई त्यहाँ उनीहरूले शिक्षा सँगै पाउने सिप र रोजगारीको सुनिश्चितताको उतिकै भूमिका रहेको छ। त्यस्तै अन्य देशहरूको तुलनामा कम शिक्षण शुल्क, कम दैनिक खर्च, राम्रो जीवन स्तर, आप्रवासनको लागी सम्भावित अवसर आदि पनि विद्यार्थीलाई आकर्षित गर्न सक्ने तत्त्वहरू हुन्।

कसरी जाने क्यानडा ?
क्यानडा जाने निर्णय गरिसकेपछि एउटा विद्यार्थीले आफ्नो डकुमेन्ट र सबै विवरण रजिस्टर्ड माइग्रेसन कन्सल्टेन्ट मार्फत जाँच गराउन सक्छन्। यस्ता कन्सल्टेन्टहरू क्यानडाको आप्रवासन नियामक निकाय आइ.सि.सि.आर.सि- सि.आर.आइ.सि बाट प्रमाणित हुन्छन्। यिनीहरूले आप्रवासन र अन्तर्राष्ट्रिय विद्यार्थीको विषयमा उपयुक्त तालिम प्राप्त गरेको हुने हुँदा भिसा आउने र नआउने विषयमा जानकार हुन्छन् भने विद्यार्थीलाई उपयुक्त कोर्स, विश्वविद्यालय र स्थान छनोट गर्दै सही तरिकाबाट आवेदन दिन निर्देशित गर्न सक्छन्। यसका साथै यदि तपाईँ यस्ता रजिस्टर्ड माइग्रेसन कन्सल्टेन्ट मार्फत क्यानडा जानुभयो र आफ्नो एजेन्टका कारण केही समस्यामा पर्नुभयो भने माथि उल्लिखित निकायमा गुनासो गर्ने सुविधा पाउनुहुन्छ।

दिवाकर शर्मा आफै एक रजिस्टर्ड माइग्रेसन कन्सल्टेन्ट हुन्। उनले क्यानडामा “दिवाकर इमिग्रेसन सर्भिसेस“ नामक कम्पनी चलाउँछन् र यसले आप्रवासीलाई उनीहरूको क्यानडा जाने सपना पुरा गर्न सहयोग पुर्याउछ। ७ प्रसिद्ध पुस्तकका लेखक समेत रहेका दिवाकर नेपालीलाई उपयुक्त रूपमा मार्गनिर्देश गर्नु आफ्नो रुचिको विषय भएको बताउँछन्।

नेपालमा कसरी सम्पर्क गर्ने ?
विशेष गरी दिवाकरले क्यानेडियन पब्लिक विश्वविद्यालयहरु: युनिभर्सिटी अफ प्रिन्स एडवार्ड आइलेंड र युनिभर्सिटी अफ नर्थन ब्रिटिस कोलम्बियाको प्रतिनिधित्व गर्छन्। उनले यी विश्वविद्यालयमा जान चाहने विद्यार्थीलाई विशेष सहयोग गर्न सक्छन्। यसका साथै क्यानडाका अन्य कलेज वा विश्वविद्यालय जान चाहने वा विद्यार्थी बाहेक अन्य भिसामा क्यानडा जान चाहनेलाई पनि सहयोग गर्न सक्छन्। नेपालमा आफूले सक्सेस एजुकेसन र प्रज्वल बस्नेतलाई विश्वास गर्ने कुरा बारम्बार दोहोर्‍याएका शर्मा सक्सेस मार्फत आउन विद्यार्थीलाई आग्रह गर्छन्। पुतलीसडकको माछापुच्छ्रे बैङ्क सँगै रहेको सक्सेस लाई तपाईँ यहाँ क्लिक गरेर सम्पर्क गर्न सक्नुहुन्छ।

क्यानडा जाने विद्यार्थीले के कुरामा ध्यान दिने, त्यहाँको वातावरण र फि संरचना कस्तो छ, पढाइ र कामको अवसर कस्तो छ लगायत विषयहरूलाई सम्बोधन गर्दै मात्र एजुकेसनले शर्मा सँग विशेष कुराकानी गरेको छ। तपाईँ शनिवार बेलुकी उक्त भिडियो हेर्न सक्नुहुन्छ।

https://ujyaalonepalnews.com/archives/16008
Previous articleचितवनमा समाजवादीको संगठन विस्तार सुरु: रत्ननगर १५ मा मदन भुजेलको नेतृत्वमा कमिटी गठन
Next articleमलेशियामा अस्ताएका ७ जनाको शव र ५ जनाको अस्तु नेपाल ल्याईयो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।