मलेशियामा अस्ताएका ७ जनाको शव र ५ जनाको अस्तु नेपाल ल्याईयो

मलेशियामा अस्ताएका ७ जनाको शव र ५ जनाको अस्तु नेपाल ल्याईयो

काठमाडौं : वैदेशिक रोजगारीका क्रममा मलेसियामा मृत्यु भएका थप १२ जना नेपालीको शव र अस्तु नेपाल ल्याइएको छ । उनीहरूको शव तथा अस्तु शनिबार बिहान नेपाल आइपुगेको हो । मलेसियास्थित नेपाली दूतावासका अनुसार देउमाई नगरपालिका–९ इलाम निवासी खाम्बा सिंह लाया मगर, जुनिचाधे–७ जाजरकोट निवासी खडग बहादुर शाही, घोराही–११ दाङ निवासी कमल ओली क्षेत्री, बुलिङ्टार–४ नवलपरासी निवासी केशर बहादुर राणा र पुष्कर निरौला ग्रामथान–४ मोरङ निवासी ओम नारायण माझी, स्वारना–८ गोरखा निवासी पुर्णबहादुर भट्ट क्षेत्री गरि ७ जनाको शव नेपाल ल्याइएको हो ।

कोरोना लगायत अन्य जटिल रोगले मृत्यु भई शब नेपाल ल्याउन नमिलेका फिदिम–९ पाँचथर निवासी मन कुमार तामाङ, डाँडाँखर्क–४ धादिङ निवासी हर्क बहादुर घले,ढक्नेश्वरी–७ ब्रम्हपुर सप्तरी निवासी रुद्र कान्त राय, फाकुम्बा–८ ताप्लेजुङ निवासी बल बहादुर लिम्बु, गोरखा–११ निवासी दिल बहादुर आले मगरको मलेसियामा नै अन्तिम संस्कार गरि अस्तु नेपाल पठाएको दूतावासले जानकारी दिएको छ ।

उता दक्षिण कोरियाको ईन्छनस्थित सोङ्दोको एक अपार्टमेन्टबाट खसेर एक नेपाली कामदारको मृत्यु भएको छ । अपार्टमेन्टका बाहिरी भागमा रहेको सिसा पुछने खसेर २९ वर्षीय नेपाली कामदारको मृत्यु भएको हो । उनको नाम भने खुलाइएको छैन । मृतकको टाउकोमा ठुलो चोट लागेको छ । ईन्छन् प्रहरीले प्रहरीले कम्पनीले सुरक्षा सम्बन्धी मापदण्ड पालना गरे नगरेको बिषयमा अनुसन्धान थालेको बताएको छ ।

https://ujyaalonepalnews.com/archives/16011

Previous articleक्यानडा जाने तपाइको सपनालाई यसरी पार्नुहोस् साकार
Next articleयुएई कतार र मलेशियामा उडान संख्या बढ्यो, दैनिक ३ ओटा सम्म फ्लाईट
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।