युएई कतार र मलेशियामा उडान संख्या बढ्यो, दैनिक ३ ओटा सम्म फ्लाईट

युएई कतार र मलेशियामा उडान संख्या बढ्यो, दैनिक ३ ओटा सम्म फ्लाईट

१८ असोज, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अक्टोबर महिनामा तोकिएको अन्तर्राष्ट्रिय हवाई उडान तालिका सार्वजनिक गरेको छ ।  नयाँ तालिका अनुसार यूएईको सारजहा अन्तर्राष्ट्रिय विमानस्थलबाट एयर अरेबियाले दैनिक तीन वटा उडानको अनुमति पाएको छ । यो मुलुकको आबुधावी विमानस्थलबाट भने एयर अरेबियाले दैनिक एक उडान गर्ने भएको छ । फ्लाइ दुबईले समेत दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्नेछ ।

दुबईमा हिमालय एयरलाइन्सले दैनिक एक र नेपाल एयरलाइन्सले समेत एक उडान गर्ने भएका छन् । कतार एयरवेजले दोहाबाट दैनिक ३ वटा उडान गर्नेछ । दोहामा नेपाल एयरलाइन्सले दैनिक एक उडान गर्ने गरी अनुमति पाएको छ । हिमालय एयरलाइन्सले समेत दोहामा दैनिक एक उडान गर्नेछ । मलेसियाको क्वालालाम्पुरबाट मलेसिया एयरलाइन्सले सातामा दुई शुक्रबार र शनिबार उडान गर्नेछ ।

यो विमानस्थलमा नेपाल एयरलाइन्सले दैनिक एक उडान गर्नेछ । हिमालय एयरलाइन्सले भने सोमबार बाहेक साताको ६ उडान गर्नेछ । जजिरा एयरवेजले कुवेतबाट काठमाडौंका लागि दैनिक उडान गर्नेछ । सलाम एयरले ओमानबाट साताको तीन (आइतबार, मंगलबार र बिहीबार) काठमाडौं उडान गर्नेछ । टर्किस एयरलाइन्सले सोमबार, मंगलबार, बिहीबार र शनिबार गरी चार उडान गर्नेछ ।

सिंगापुर एयरले सातामा आइतबार, बुधबार र शुक्रबार गरी तीन उडान गर्नेछ । श्रीलंकन एयरको जहाज कोलम्बोबाट सोमबार, मंगलबार, बिहीबार र शनिबार गरी चार दिन काठमाडौं आउने छ । नेपाल एयरलाइन्सले थाइल्याण्डको बैंककमा हरेक शुक्रबार एक उडान गर्नेछ । हङकङमा भने नेपाल एयरलाइन्सको हरेक बिहीबार एक उडान हुनेछ ।

https://ujyaalonepalnews.com/archives/16014

Previous articleमलेशियामा अस्ताएका ७ जनाको शव र ५ जनाको अस्तु नेपाल ल्याईयो
Next articleसडक दुर्घ’टनामा परेर साउदी अरबमा एक नेपालीको ज्यान गयो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।