भद्रकाली डेरीको उपहार: कृषकलाई दशैं खर्च नौ प्रतिशत बोनस

Click Image

 निराजन घिमिरे, असोज १९, चितवन- चितवनको रत्ननगर १६ हात्तीगाड़ेमा रहेको भद्रकाली दुग्ध उत्पादक सहकारी संस्था लि. ले आफ्ना कृषकहरुलाई बोनस रकम वितरण सुरु गरेको छ । नजिकिदैं गरेको बडादशैंको अवसरमा सहकारीले आफ्ना कृषकहरुलाई रकम वितरण सुरुगरेको हो । गत आर्थिक वर्षमा कृषकहरुले बिक्रि गरेको दुध बाट प्राप्त रकमको नौ प्रतिशतले हुन आउने रकम बोनस स्वरूप वितरण गरिएको सहकारीका अध्यक्ष युवराज थापाले उज्यालो नेपाललाई जानकारी दिए।

कोरोना माहामारीका कारण दुग्ध उत्पादक सहकारीहरूले मारमा परेर नोक्सानी समेत व्यहोरिरहेका अवस्थामा यस सहकारीले कृषकलाई नौ प्रतिशतले वोनस बाड्न आफुहरुले निकै मेहनत गरेको अध्यक्ष थापाले बताए । पूर्वी चितवनका अन्य सहकारीले पांच प्रतिशत पनि बोनस खुवाउन नसकेको बेला आफुहरुले नौ प्रतिशत बोनस बाँडेर दुग्ध उत्पादक कृषकहरुको मुहारमा खुसी छर्न सफल भन्दै संस्थाका व्यवस्थापक राजु बुढाथोकीले खुसी व्यक्त गरे ।

संस्थाले दुध खरिद विक्री, दाना चोकर ढुटो बिक्रि तथा अन्य आम्दानी बाट प्राप्त भएको करिब ३५ लाख रकम कृषकहरुलाई बोनसको रुपमा वितरण गर्न लागेको हो । यसपटक पनि सबैभन्दा धेरै बोनस लिनेमा संस्थाकै अध्यक्ष तथा दुग्ध उत्पादक किसान महासंघका चितवन जिल्ला अध्यक्ष युवराज थापा रहेका छन् । थापाले करिब ६१ हजार लिटर दुध बिक्रि गरेर तीनलाख सात हजार रुपैयाँ बोनस प्राप्त गरेका छन् ।

यस अघि गत असार मसान्तमा पनि बागमती प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट प्राप्त अनुदान रकम बाट थापाले ७७,५७६ रुपैयाँ प्राप्त गरेका थिए । आर्थिक वर्ष भरिमा कृषकहरुले बिक्रि गरेको दुधको प्रति लिटर २ रुपियाँ दरले अनुदान दिने बागमती प्रदेश सरकारको कार्यक्रम अन्तर्गत उक्त रकम बाँडिएको थियो। थापाले रत्ननगर १६ हात्तिगाड़ेमा गङ्गाजमुना गाई फारम संचालन गर्दै आएका छन् ।

https://ujyaalonepalnews.com/archives/16037

Previous articleप्रतिबन्ध खुकुलो पार्दै कतार: केहि स्थानमा मास्क समेत लगाउन नपर्ने
Next articleसाउदीमा विदेशी कामदारलाई बिना अग्रिम सूचना जागिर बाट निकालेर डिपोर्ट गर्न सकिने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।