साउदीमा विदेशी कामदारलाई बिना अग्रिम सूचना जागिर बाट निकालेर डिपोर्ट गर्न सकिने

दोहा- नेपाली श्रमिकहरुको आकर्षक गन्तव्य मुलुक साउदी अरबले ९ अवस्थामा आप्रवासी कामदारलाई बिना अग्रिम सूचना बर्खास्त गरेर स्वदेश पठाउन सक्ने भएको छ । साउदी अरबको मानव संशाधन तथा सामाजिक बिकास मन्त्रालयले देहायका ९ अवस्थामा रोजगारदाता कम्पनीले कामदारलाई बिना अग्रिम सूचना, सेवा समाप्तिमा दिइने बोनससमेत नदिएर रोजगारको करारना तत्काल अन्त्य गरी बर्खास्त गर्नसक्ने जनाएको छ ।

  •  कम्पनीका कसैसंग पनि हातपात (झगडा) गरेमा
  • करारनामामा उल्लेखित काम नगरेमा
  • रोजगारदाताले दिएको निर्देशन पालना नगरेमा
  • कम्पनीको शाख र बिश्वसनियतामा नै आंच पुग्ने कुनै पनि गलत कार्यमा संलग्न भएमा
  • कम्पनीको धनमालमा क्षति पुर्‍याएमा

 

  • रोजगार पाउनका लागि फर्जी कागजात प्रयोग गरेको ठहरेमा, परीक्षण कालमा
  • एक करार अवधिमा जम्मा ३० दिन या लगातार १५ दिन ड्युटी नगरेमा
  • कम्पनीको पदको दुरूपयोग गर्दै ब्यक्तिगत फाइदा लिएको भेटिएमा
  • कम्पनीको औद्योगिक या ब्यापारिक गोपनियता भंग गरेमा

 

हाल साउदीमा करिव ३ लाख ५० हजारको हाराहारीमा नेपाली श्रमिकहरु कार्यरत रहेको अनुमान गरिएको छ । नेपाल सरकारले साउदीका लागि २ वर्ष करार अवधिको श्रम स्वीकृति प्रदान गर्दै आएको छ । खबर हब बाट

https://ujyaalonepalnews.com/archives/16041

Previous articleभद्रकाली डेरीको उपहार: कृषकलाई दशैं खर्च नौ प्रतिशत बोनस
Next articleकमाउन मलेशिया पुगेको थिए, ३० टनको केमिकलको ट्याङ्की भित्र ख’स्न पुगेँ, शरीरको ७२ प्रतिशत शरीरको भाग ज’ल्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।