राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक अलमुताइरी थप दुई वर्ष नेपालमै रहने

काठमाडौं : अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अझै दुई वर्ष नेपाली फुटबल टिमको प्रशिक्षक रहने बताएका छन्। आज नेपाली कांग्रेसको तरुण विभागले साफ च्याम्पियनसिप २०२१ मा सहभागी खेलाडीलाई सम्मान गर्न आयोजित कार्यक्रममा उनले प्रशिक्षक अलमुताइरी अझै दुई वर्ष नेपालमै रहने बताएका हुन्।

‘कोचको समाधान गरेर आएको छु। कोच अब्दुल्लाह अझै दुई वर्षसम्म नेपालमा नै रहने गरी व्यवस्थापन गरेर नेपाल आएको हुँ,’ अध्यक्ष शेर्पाले भने। अध्यक्ष शेर्पा दुई दिनअघि मात्र कतारबाट फर्किएका हुन्।  अलमुताइरीले पनि फेसबुकमा आफूले एन्फा र कतारी फुटबल अधिकारीहरुसँग छलफलपछि आफू थप ३ वर्षका लागि नेपालमा रहने घोषणा गरेका छन्।

केही समयअघि अलमुताइरीले राजीनामाको घोषणासमेत गरेका थिए। सामाजिक सञ्जालमार्फत उनले राजीनामा दिएका थिए। तर एन्फाले उनको राजीनामा स्वकृत गरेको थिएन। एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलाई कारण देखाउँदै उनले राजीनामा दिने बताएका थिए। त्यसपछि उनी चर्चामा आएका थिए।

उनकै प्रशिक्षणकालमा नेपाल पहिलोपटक साफ च्याम्पियनसिप २०२१ को फाइनलमा पुगेको थियो। तर भारतसँग नेपाल पराजित भएको थियो। साफमा पनि अलमुताइरीले नेपाल छोड्ने बताएका थिए।

https://ujyaalonepalnews.com/archives/16215

Previous articleनेकपा एमाले रत्ननगर नगर कमिटीको अध्यक्षमा इश्वरी प्रसाद अर्याल
Next articleकम्पनी परिवर्तन गर्न पाउने बारे साउदी सरकारको नयाँ नियम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।