कम्पनी परिवर्तन गर्न पाउने बारे साउदी सरकारको नयाँ नियम

कम्पनी परिवर्तन गर्न पाउने बारे साउदी सरकारको नयाँ नियम

काठमाडौं : वैदेशिक रोजगारीका लागि साउदी अरब गएका विदेशी कामदारले एक वर्षको अवधि नपुग्दै शर्तसहित रोजगारदाता परिवर्तन गर्न पाउने भएका छन् । यसअघि वैदेशिक रोजगारीमा गएको मितिदेखि हालको रोजगारदातासँग कम्तिमा १२ महिना बिताएपछि मात्रै विदेशी कामदारले आफ्नो सेवा अर्को रोजगारदातालाई हस्तान्तरण गर्न सक्ने व्यवस्था थियो ।

अब रोजगारीका लागि उक्त मुलुक गएका विदशी कामदारले एक वर्षको समयावधिको पर्खाइ नगरी अर्को रोजगारदाता परिवर्तन गर्न सक्ने छन् । त्यसको लागि केही शर्त बन्देज भने लगाइएको छ । नयाँ व्यवस्था अनुसार रोजगारदाताले हालको रोजगारदाताको स्वीकृति पाएको अवस्थामा कुनै निश्चित अवधि नदिई आफ्नो सेवा अर्को रोजगारदातालाई हस्तान्तरण गर्न सक्नेछन् ।

परिमार्जित व्यवस्थाले निजी क्षेत्रका लागि साउदीकरण (निताकत) कार्यक्रममा तोकिएका शर्तहरूको उल्लंघन नहुने गरी रोजगारदाता परिवर्तन गर्न पाइने छ । यसैबीच साउदी सरकारले २७ ट्रिलियन साउदी रियाल विभिन्न क्षेत्रमा लगानी गर्ने बताएको छ । साउदीले २०३० सम्म स्थानीय अर्थतन्त्रलाई उकास्न १२ ट्रिलियन साउदी रियाल लगानी गर्ने बताएको छ ।

यसमा सरकारी खर्चबाट १० वर्षमा १० ट्रिलियन रियाल प्राप्त गर्ने र ५ ट्रिलियन रियाल निजी उपभोग्य खर्चबाट उठाउने सरकारी योजना छ । यसले उक्त मुलुकमा बृहत रूपमा रोजगारी वृद्धिको सम्भावना बढेको स्थानीय सञ्चार माध्यामहरुले उल्लेख गरेका छन् । मध्यान्ह दैनिकमा खबर छ !

https://ujyaalonepalnews.com/archives/16218

Previous articleराष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक अलमुताइरी थप दुई वर्ष नेपालमै रहने
Next articleमलेसियाले प्लान्टेशन सेक्टरमा नयाँ विदेशी कामदार लैजाँदै ,नेपाली पनि जान पाउने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।