मलेसियाले प्लान्टेशन सेक्टरमा नयाँ विदेशी कामदार लैजाँदै ,नेपाली पनि जान पाउने

क्वालालम्पुर (मलेसिया):= कोरोना माहामारीको कारण लामो समयदेखि मलेसियामा नयाँ विदेशी कामदारको भर्ना प्रक्रिया बन्द रहेको अवस्थामा अहिले एक क्षेत्रमा मलेसिया सरकारले नयाँ विदेशी कामदार भर्ना लिने जनाएका छ्न। पुत्राजायामा आयोजित एक पत्रकार सम्मेलन मार्फत मलेसिया सरकारको गृहमन्त्री दातोक श्रि हमजाह जैनुद्दीनले पछिल्लो समय कोरोना माहामारीले मलेसियाको प्लान्टेशन सेक्टरमा कामदारको अभाव अत्याधिक बढेकोले यस् सेक्टरमा अब नयाँ विदेशी कामदारलाई भर्ना लिएर अभाव परिपुर्ति गर्ने बताउनुभएको हो।

गृहमन्त्री हमजाह जैनुद्दीनले बताए अनुसार प्लान्टेशन सेक्टरमा काम गर्न आउने नयाँ विदेशी कामदारहरुले मलेसिया प्रवेश गर्दा अनिवार्य सातदिने सरकारले तोकेको होटेल क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ। क्वारेन्टाइन चाहिँ रोजगारदाता अथवा कामदार आफैंले छनौट गर्नसक्नेछ्न भने क्वारेन्टाइन बसे बापत्तको सम्पुर्ण लागत खर्च रोजगारदाता कम्पनीलेनै ब्यहोर्नुपर्ने , तिरिदिनुपर्ने बताउनुभयो।

दिन अगाडि मात्रै प्रधानमन्त्री दातोक श्रि ईस्माइल साब्री याकोब बिनको अध्यक्षतामा बसेको महामारी व्यवस्थापन विशेष समितिको बैठकले प्लान्टेशन सेक्टर (तेलको बिरुवा उत्पादन,ब्यवस्थापन) क्षेत्रमा विदेशी कामदारलाई भर्ना लिएर मलेसिया प्रवेश गर्न अनुमति दिइने प्रस्ताव पारित गरिएको थियो। गृहमन्त्री जैनुद्दीनले “अहिलेलाई विदेशी कामदारहरू क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल र (KLIA2 ) मार्फत मात्र देशमा प्रवेश गर्न सक्छन्।

उनीहरूलाई सबा र सारवाकबाट पनि प्रवेश गर्न अनुमति दिइनेछ जुन सरकारले पछि निर्णय गरिनेछ,” उनले थपे। एकहप्ते क्वारेन्टाइन अवधिको बसाइँको बिषयमा हमजाहले भने कि ,यो स्वास्थ्य मन्त्रालयले तय गरेको हो। “कामदारहरूलाई मलेसियामा ल्याउनको लागि अन्य लागत बाहेक क्वारेन्टाइन बस्नको लागि खर्च व्यहोर्ने जिम्मेवारी रोजगारदाताहरूको हो,”

हमजाहले यहाँ मानव संसाधन मन्त्री दातोक श्रि एम. सरावनानसँगको संयुक्त बैठकपछि पत्रकार सम्मेलनमा भने। यसअघि, मन्त्री सर्वानानले पनि नोभेम्बरको सुरुदेखि चरणबद्ध रूपमा प्लान्टेशन सेक्टरमा ३२ हजार विदेशी कामदारहरू ल्याइने बताएका थिए। मलेसिया सरकारले कोभिड–१९ को महामारीका बेलादेखिनै विदेशी कामदार भित्र्याउन , भर्ना गर्न पुर्ण रुपमा रोक लगाएको थियो। मलायाखबर बाट 

https://ujyaalonepalnews.com/archives/16222

Previous articleकम्पनी परिवर्तन गर्न पाउने बारे साउदी सरकारको नयाँ नियम
Next articleकस्तो नि’र्दयी सं’स्कार ! किन गरिन्छ छोरीको यो’नी छेदन ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।