साउदीमा २६ नोभेम्बरमा पासपोर्ट रिन्युको लागी घुम्ती शिविर हुँदै, तर पहिला अनलाईन फारम भर्न पर्ने

निराजन घिमिरे, अगस्ट अक्टोबर २८- साउदीको रियादमा रहेको नेपाली दुताबासले रियाद बाट निकै टाढा कार्यरत नेपालीहरुलाई मध्यनजर गर्दै सकाकामा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्ने भएको छ । नेपाली दुताबासले एक विज्ञप्ति जारी गर्दै सकाकामा कार्यालय संचालन हुने मिति समय र स्थान बारे जानकारी दिएको हो! यस अघि पनि विभिन्न मितिमा अल-कासिम, दमाम, जुबेल लगायत स्थानमा यस्तै अफिस संचालन गरिएको थियो!

पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा विभिन्न शहर र मितिमा राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्न लागेको नेपाली दुताबासले जनाएको छ ! साउदी अरबमा कोभिड-१९ महामारीको जोखिम कायमै रहेको हुंदा राहदानी आवेदनका लागि अस्थायी शिविरमा आउँदा भिडभाड नगर्न नगराउनुहुन द्ताबासले सम्पूर्णलाई आग्रह गरेको छ ! दुताबासको सुचना यस्तो छ!

सकाकामा राहदानी आवेदन संकलन शिविर सञ्चालन गर्नेसम्बन्धी सचना !

राजदूतावास रहेको शहर (रियाद) भन्दा टाढा रहनुहुने सेवाग्राहीलाई सकेसम्म उहाँहरूलाई पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्य अनुरुप राजदूतावासले साउदी अरबका विभिन्न शहरमा राहदानी आवेदन संकलन शिविर
सञ्चालन गर्दैआएको व्यहोरा यहाँहरुलाई अवगत नै छ । यसै सिलसिलामा यस राजदूतावास रहेको स्थानबाट करिब १,१०० कि.मी. टाढा रहेको शहर सकाकामा आगामी २६ नोभेम्बर २०२१ (शुक्रबार) का दिन राहदानी आवेदन संकलन शिविर सञ्चालन गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ ।

राहदानी आवेदन संकलन शिविर सञ्चालन गरिने स्थानका बारेमा पछि जानकारी गराइने छ । तसर्थ, सकाका, अरार, तुरेफ, अल-कुरैयात लगायत सकाकाबाट नजिक पर्ने अन्य स्थानमा रहनुहुनेहरूको राहदानी नविकरण गर्नुपर्ने भएको छ भने निम्न व्यक्तिहरू मध्ये कसैलाई सम्पर्क गरी आफ्नो विवरण टिपाउनु हुन अनुरोध गरिन्छ ।

सम्पर्क व्यक्तिहरूको विवरणः
  • श्री सूर्य न्यौपाने- मोवाइल नं. ०५५९०५२९१५
    २. श्री देवबहादुर कार्की- मोवाइल नं. ०५०३७६२१४५
    ३. श्री मोहम्मद अकमल- मोवाइल नं. ०५०२९२२३०८
राहदानी आवेदनका लागि आउँदा अनिवार्यरुपमा साथमा ल्याउनुपर्ने कागजातहरू:
  • सक्कल राहदानी
  • राहदानीमा आफ्नो फोटो भएको पेज र पेज नं. ३१ को फोटोकपि एक/एक प्रति
  • नागरिकताको फोटोकपि एक प्रति (अगाडि र पछाडि दुबै पेज एउटै पानामा आउने गरी)
  • प्रि-इनरोलमेन्ट गरेको बारकोड युक्त फाराम
  • राहदानी दस्तुर साउदी रियाल- २००।-
  • राहदानी हराएको वा कुनै कारणले बिग्रिए वा च्यातिएको भए साउदी रियाल-४००।-

नोटः राहदानी नविकरणको लागि आउँदा प्रि-इनरोलमेन्ट गरेर आउनुपर्नेछ । राहदानी विभागको लिंकमा गएर प्रि-इनरोलमेन्ट गर्न सकिनेछ । प्रि- इनरोलमेन्ट गर्ने तरिका बारेमा दूतावासले यसअघि प्रकाशित गरेको सूचना हेर्नुहोला । प्रि-इनरोलमेन्ट फाराम भर्दा आफूसँग भएको पासपोर्टको विवरण अनुसार भर्नुहोला। नेपाली राजदूतावास, रियाद २८ अक्टोबर २०२१

यो पनि पढ्नुहोला: पासपोर्ट नविकरण गर्न अनलाईन फारम भर्ने बारे नेपाली दुताबास रियादको सुचना

 

https://ujyaalonepalnews.com/archives/16228

Previous articleकस्तो नि’र्दयी सं’स्कार ! किन गरिन्छ छोरीको यो’नी छेदन ?
Next articleसाउदीमा विदेशी कामदारले एक वर्षभित्रै रोजगारदाता परिवर्तन गर्न पाउने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।