साउदीमा विदेशी कामदारले एक वर्षभित्रै रोजगारदाता परिवर्तन गर्न पाउने

साउदीमा विदेशी कामदारले एक वर्षभित्रै रोजगारदाता परिवर्तन गर्न पाउने

दोहा – नेपाली श्रमिकको श्रम गन्तव्य रहेको साउदी अरबले नेपालीलगायत अन्य आप्रवासी कामदारले साउदी प्रवेश गरेको एक वर्षभित्रै रोजगारदाता परिवर्तन गर्न पाउने नियम ल्याएको छ । साउदी अरबको मानव संसाधन तथा समाज विकास मन्त्रालयले आप्रवासी कामदारहरूलाई करार अवधि पुरा भएपछि साबिकको रोजगारदाताको स्वीकृति नलिएरै तथा साउदी प्रवेशको पहिलो एक वर्षभित्रै पनि रोजगारदाता कम्पनीले स्वीकृति दिएमा नयाँ रोजगारदाता परिवर्तन गर्न पाउने गरी नयाँ श्रम कानुन संशोधन गरी स्वीकृति गरेको मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ ।

साउदीले श्रम कानुन सुधार्दै २०२१ को मार्चदेखि नै रोजगारदाता कम्पनी परिवर्तन तथा रोजगारदाताको अनुमति विना देश छोड्ने भिसा (एक्जिट भिसा) पाउने अनुमति दिइसकेको छ । साउदीले श्रम बजारमा श्रमिकलाई आकर्षित गर्न करार अवधि सकिएपछि रोजगारदाता फेर्न पाउने र रोजगारदाताले अनुमति नदिए पनि साउदीबाट स्वदेश फर्किन पाउने व्यवस्था गरेको छ ।

नयाँ श्रम कानुन संशोधन स्वीकृति प्रदान गरिएसँगै त्यहाँ कार्यरत नेपाली लगायत लाखौँ विदेशी श्रमिक लाभान्वित हुने भएका छन् । साउदीमा करिब चार लाखको हाराहारीमा नेपाली कार्यरत रहेको बताइन्छ । खबरहब डटकम बाट 

https://ujyaalonepalnews.com/archives/16235

Previous articleसाउदीमा २६ नोभेम्बरमा पासपोर्ट रिन्युको लागी घुम्ती शिविर हुँदै, तर पहिला अनलाईन फारम भर्न पर्ने
Next articleमलेशिया रोजगार अपडेट: नेपाली दुताबास भन्छ मलेशिया खुलेको बारे कुनै जानकारी छैन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।