अमर टोल बिकास संस्था माधवपुर द्वारा ज्येष्ठ नागरीकको सम्मान

अमर टोल बिकास संस्था माधवपुर द्वारा ज्येष्ठ नागरीकको सम्मान

रत्ननगर,कार्तिक १४- पुर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्वर १५ माधवपुर स्थित अमर टोल विकास संस्थाको आयोजनामा चाडपर्व विशेष शुभकामना आदान प्रदान तथा ज्येष्ठ नागरीक सम्मान कार्यक्रम सम्पन्न भएको छ। वडा नम्वर १५ का वडा अध्यक्ष हुमनाथ लामिछामेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा टोल भित्रका ३३ जना ज्येष्ठ नागरीकलाई सम्मान पत्र,हर्लिक्स लगायत सामग्री प्रदान गरि सम्मान गरिएको थियो।

सो अवसरमा रत्ननगर १५ स्थित भट्ट चोकमा नेपालको राष्ट्रिय झण्डा राखिएको थियो। कार्यक्रममा वडा भित्रका १९ टोलका टोल अध्यक्षहरु,बुद्धिजिवि लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा संस्थाकी उपाध्यक्ष नानि माया पन्तले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रम संस्थाका अध्यक्ष ऋषीराम खनालको सभापतित्वमा सम्पन्न भएको थियो।

https://ujyaalonepalnews.com/archives/16256

Previous articleनेपालीको दुर्दशा: पासपोर्ट बनाउनेको भिड, पिसाब फेर्न जाँदा पालो मिचिने डर
Next articleचिसाप लीला–नर्मदा साहित्य पुरस्कार कँडेललाई
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।