साउदीको पेट्रोलपम्पमा ट्रक छोडेर कता बेपत्ता भए सुरत बहादुर, खोजीको लागी शेयर गरौँ

साउदीको पेट्रोलपम्पमा ट्रक छोडेर कता बेपत्ता भए सुरत बहादुर खोजीको लागी शेयर गरौँ 

उज्यालो नेपाल, कार्तिक १६- वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब पुगेका एक नेपाली श्रमिक साउदी अरबमा बेपत्ता भएका छन् । करिब छ वर्ष अघि साउदी अरब पुगेका बर्दिया राजापुरका सुरत बहादुर खत्री बेपत्ता भएका हुन् । साउदीको दमाममा रहेको अल बतान कम्पनीमा ट्रक ड्राईभरको रुपमा कार्यरत खत्री परिवार र साथीभाईको सम्पर्कमा नआएको १० दिन बढी भैसकेको छ ।

आफुले चलाउने ट्रक पेट्रोल पम्पमा छोडेर खत्री बेपत्ता भएका साउदीमै कार्यरत उनका आफन्त विशाल दाहालले जानकारी दिनुभयो । खत्री कार्यरत कम्पनीमा सम्पर्क गर्दा कम्पनीले त्यहाँ नरहेको जनाएको  दाहालले बताउनुभयो । उनी बेपत्ता भएको विषयमा जानकारी गराउन रियादस्थित नेपाली दूतावासको टेलिफोन नम्बर ०११४६१११०८ मा पटक÷पटक सम्पर्क गर्ने प्रयास गरेपनि टेलिफोन नउठ्दा जानकारी गराउन नसकिएको  खत्रीका परिवारको गुनासो छ ।

छ वर्ष अघि साउदी गएका खत्री अहिले सम्म छुट्टीमा घर नआएको तर परिवार संग निरन्तर सम्पर्क भने भईरहेको उनका छोरा उज्जवल खत्रीले बर्दिया बाट टेलिफोनमा जानकारी दिनुभयो । बेपता हुनु अघि कुनै पारिवारिक त’नाब थियो कि भन्ने उज्यालो नेपालको प्रश्नमा छोरा उज्ज्वलले कुनै पारिवारिक स’मस्या नरहेको र बुबाले पैसा पनि निरन्तर पठाईरहनुभएको जानकारी दिनुभयो ।

बुबा बेपत्ता भएपछी बुबाका साथीहरु संग सम्पर्क गरेर खोजी सुरु गरिएको छोरा उज्ज्वलको भनाई छ । आफ्नो बुबाको खोजीको लागी देश विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग गरिदिन उंहाले आग्रह गर्नुभयो ।

 

https://ujyaalonepalnews.com/archives/16278

Previous articleकुवेतमा ईलिगल रुपमा काम गर्दै आएका चार नेपालीको मृत्यु
Next articleदुई छोरा मलेसियामा बेपत्ता भएपछी आमाको रोदन, फोन मात्रै गरिदिए आधा विरामी कम हुन्थ्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।