कामदार भिषामा साउदी पुगेर मालिक बन्न खोजे लाखौं जरिवाना हुने

काठमाडौं : साउदी अरबले कामदारको भिसामा आएर कम्पनी बाहेक व्यक्तिगत फाइदाका लागि काम गरे १ लाख साउदी रियल करिब ३० लाख रूपैयाँ जरिवाना गर्ने भएको छ । साउदी अरबको पासपोर्ट निर्देशनालय (जवाजात) ले रोजगार भिसामा आएर व्यक्तिगत फाइदाका लागि व्यापार वा अन्य काम गर्ने प्रवृत्ति बढेपछि यस्तो चेतावनी दिएको हो ।

(साउदी टाईजेशन) अर्थात रोजगारी व्यापारका काममा स्थानीय साउदी नागरिकलाई प्राथमिकता दिने नीति लिएको साउदी अरबले आप्रवासी कामदार घटाउँदै लैजाने बताएको छ । सोही अनुसार आप्रवासीलाई भिसामा तोकिए बाहेकको काममा सीमित गराउन थालेको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

साउदी सरकारले व्यक्तिगत फाइदाका लागि काम गर्ने आप्रवासीलाई गर्ने जरिवाना रकममा पनि वृद्धि गरेकोे छ । साउदी प्रेस एजेन्सीलाई उदृत गर्दै गल्फ न्युजले नियम उल्लंघन गरेकोे ठहरिएका व्यक्तिहरूलाई पाँच वर्षका लागि रोजगारीमा प्रतिबन्ध गर्ने र दोषी रोजगारदाता कम्पनी विदेशी भएको अवस्थामा देश निकालासम्मको कारबाही हुने उल्लेख गरेको छ ।

यसअघि रहेको ५० हजार रियाल जरिवानालाई दोब्बर बनाई १ लाख रियालसम्म जरिवाना गर्ने र रोजगारदाता कम्पनीलाई ५ वर्षसम्म कुनै विदेशी नयाँ कामदार ल्याउन नपाउने गरी प्रतिबन्ध लगाइने बताएको छ ।

करिब ३ लाख ५० हजारको हाराहारीमा नेपाली कामदार कार्यरत रहेको साउदी अरबमा केही नेपाली व्यापार र सेवा क्षेत्रमा भएपनि अधिकांश नेपाली तलब कम र जोखिमपूर्ण मानिने निर्माण क्षेत्रमा कार्यरत रहेका छन् । मध्यान्ह दैनिकमा खबर छ ।

https://ujyaalonepalnews.com/archives/16284

Previous articleदुई छोरा मलेसियामा बेपत्ता भएपछी आमाको रोदन, फोन मात्रै गरिदिए आधा विरामी कम हुन्थ्यो
Next articleकुवेतमा रक्सी पारेर बेच्ने तिन नेपाली पक्राउ ९० बोतल मदिरा बरामद
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।