अब विदेशी कामदारले पनि साउदी नागरिकता पाउने; के के छन् मापदण्ड

अब विदेशी कामदारले पनि साउदी नागरिकता पाउने; के के छन् मापदण्ड

निराजन घिमिरे, कार्तिक २६– साउदी अरेबियाले विशेष सीप भएका विदेशी नागरिकलाई साउदी नागरिकता प्रदान गर्ने निर्णय गरेको छ । डाक्टर, वैज्ञानिक, सांस्कृतिक, खेलकुद र प्राविधिक लगायतको विशेष क्षेत्रमा काम गर्ने उच्च सीप भएका विदेशी नागरिकलाई साउदीको नागरिकता प्रदान गर्न बिहीबार साउदीको शाही आदेशले अनुमति दिएको हो । यो ऐतिहासिक निर्णय राष्ट्रको महत्वाकांक्षी लक्ष्य र विकासका आवश्यकताहरू पूरा गर्न योगदान पुर्‍याउन उत्कृष्ट, सबैभन्दा लाभदायक र उपयोगी विशेषज्ञता र विशिष्ट प्रतिभा भएका व्यक्तिहरूलाई छनोट गर्ने उद्देश्यले गरेको साउदी राजपत्रले जनाएको छ।

साउदीले २०३० सम्मको आफ्नो योजनामा विदेशी नागरिकलाई साउदी नागरिकता दिने विषय समेटेको छ । उच्च सीप युक्त विदेशी नागरिकलाई आकर्षण गर्न र साउदीलाई ज्ञानको हब बनाउनका लागि यो कदम अघि बढाएको साउदीले जनाएको छ । राजा सलमानले विशिष्ट प्रतिभा, अद्वितीय विशेषज्ञता र धेरै प्रमुख पेशाहरूमा विशेष सीपहरू भएका चुनिएका संख्यामा प्रवासीहरूलाई साउदीको नागरिकता प्रदान गर्न स्वीकृति दिएका छन्।

वैज्ञानिक, डाक्टर र अन्य प्राविधिक क्षेत्रमा विदेशीहरूलाई आकर्षित गर्न र साउदीमा आकर्षण व्यापारिक वातावरणको सिर्जना गर्ने उद्देश्य साउदीले लिएको छ । प्रिमियर रेसिडेन्सी प्रणाली सफलतापूर्वक लागू गरिसकेपछि साउदी अरेबियाले अर्को उल्लेखनीय सुधारको सुरुवात गरेको छ जसले राज्यको भिजन २०३० लाई थप मूल्य प्रदान गर्दछ ।

थोरै संख्यामा विदेशी नागरिकलाई नागरिकता दिइने र त्यसले स्थानीय रोजगार बजारमा उच्च दक्ष साउदी नागरिकको प्रतिस्पर्धात्मक क्षमतामा कुनै प्रतिकूल असर नपर्ने साउदी सरकारले जनाएको छ । सरकारको यो कदमले ठूला विकास परियोजनाहरूमा योगदान पुर्‍याउन विश्वभरका उच्च दक्ष व्यक्तिहरु साउदी झिकाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

श्रोत उल्लेख गरिएका बाहेक उज्यालो नेपालमा प्रकाशित सामाग्रीहरु उज्यालो नेपाल एडभरटाइजिङ एण्ड ब्रोडकाष्टिङ प्रा. लि का सम्पती हुन् ! यस्ता सामाग्रीहरु कुनै पनि तरिकाले अन्य संचारमाध्यहरुमा प्रकाशन/प्रशारण गर्न निषेध गरिएको छ ! यदि त्यस्तो फेला परेमा प्रेस काउन्सिल नेपाल, फेसबुक र गुगलमा उजुरी गरिनेछ ! धन्यवाद 

https://ujyaalonepalnews.com/archives/16334

Previous articleसुरक्षित सहकारी खोलेसिमलको अध्यक्षमा एमाले-माओवादी प्यानलका ओम लामिछाने विजयी
Next articleखाडीको यो मुलुकले गर्यो नेपाललाई कोभिड संक्रमणको खतराको सूचीबाट हटाउने निर्णय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।