खाडीको यो मुलुकले गर्यो नेपाललाई कोभिड संक्रमणको खतराको सूचीबाट हटाउने निर्णय

खाडीको यो मुलुकले गर्यो नेपाललाई कोभिड संक्रमणको खतराको सूचीबाट हटाउने निर्णय

काठमाडौँ — बहराइनले नेपाललाई कात्तिक २८ गतेदेखि कोभिड संक्रमणको खतरा सूचीबाट हटाएको छ । बहराइनले कोभिड–१९ संक्रमण रोकथाम गर्न अन्तर्राष्ट्रिय यात्रा सम्बन्धी कडाई गर्ने नीति अनुरुप नेपाललाई खतराको सूचीमा राखेको थियो । तर नेपालमा पछिल्लो समय कोभिड संक्रमण घट्दो क्रममा रहँदा बहराइन सरकारले कात्तिक २८ गते राति १२ बजेबाट कोभिड संक्रमणको खतराको सूचीबाट हटाउने निर्णय गरेको हो।

बहराइनस्थित नेपाली दूतावासका अनुसार बहराइनले खतराको सूचीबाट हटाएपछि अब बहराइन जाने नेपाली श्रमिक १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नु नपर्ने भएको छ । विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्रदान गरिएको खोपको दुवै डोज लगाएका यात्रुहरू क्वारेन्टिनमा बस्नु पर्दैन । यात्रुले क्युआर कोडसहितको अंग्रेजी भाषामा जारी खोप प्रमाणपत्र अनिवार्य रुपमा राख्नुपर्नेछ ।

खोप नलगाएका वा खोपको डोज पूर्ण नभएका यात्रुहरू भने आफ्नै निवास वा बहराइन सरकारले निर्धारित स्थानमा क्वारेन्टिनमा बस्नुपर्ने दूतावासले जनाएको छ । बहराइन पुगेपछि भने विमानस्थल, पाँचौं र १० औं दिनमा पीसीआर परीक्षण गर्नुपर्नेछ ।

https://ujyaalonepalnews.com/archives/16336

Previous articleअब विदेशी कामदारले पनि साउदी नागरिकता पाउने; के के छन् मापदण्ड
Next articleरत्ननगर प्रहरीलाई ठूलो सफलता; च्यावनप्रासको बट्टाभित्र प्याक गरिएको झण्डै २ क्विन्टल चरेस बरामद
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।