नेपाल फेरि कतारको उच्च जो’खिम सूचीमा कतार जानेले फेरि क्वारेन्टाइन बस्नुपर्ने

दोहा, कतार : वैदेशिक रोजगारी र अन्य कामका लागि कतार जाने नेपाली पुनः क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । कतारले नेपालसहित १० मुलुकलाई कोरोना भाइरस (कोभिड–१९)को उच्च जो’खिम सूचीमा राखेपछि क्वारेन्टिन बस्नुपर्ने भएको हो । कतारको स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक सार्वजनिक गरेकोे जो’खिमयुक्त मुलुकको सूचीमा नेपाल पनि परेको छ ।

सूचीमा नेपालसहित दक्षिण एशियाली मुलुक भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, इजिप्ट, इण्डोनेशिया, फिलिपिन्स, सुडान र दक्षिण सुडान परेका छन् । कतारको पत्रिका द पेनन्सुला कतारले आगामी सोमबारदेखि नयाँ व्यवस्था लागू हुने बताएको छ । सोमबारपछि कतार आउनेले कम्तीमा एक हप्ता क्वारेन्टिन बस्नु पर्ने छ ।

कोरोनाविरुद्धको खोप, पीसीआर परीक्षणको व्यवस्था पहिलेकै नियम अनुसार हुने बताइएको छ । कतारले विश्वका १ सय ८१ मुलुकहरु खत’रारहीत अर्थात हरियो सूचीमा राखेको छ । उक्त सूचीमा रहेका मुलुकहरुबाट कतार आउने नागरिकहरुलाई क्वारेन्टिन लगायतको बढी प्रक्रिया पूरा गर्नु नपर्ने बताइएको छ । यसैगरी २१ मुलुक भनें रातो सूचीमा परेका छन् । रातो सूचीमा परेका देशबाट आउनेहरुले भने क्वारेन्टिन लगायतको बढी प्रक्रिया पूरा गर्नुपर्छ ।

उता बहराइनले आइतबार रातिदेखि लागू हुने गरी नेपाललाई रातो सूचीबाट हटाउने निर्णय गरेको छ । बहराइनले नेपाललाई रातो सूचीबाट हटाउने निर्णय गरेसँगै विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त खोपको दुबै डोज लगाइसकेकाहरुलाई बहराइन प्रवेश पश्चात १० दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने प्रावधान हटेको छ । यात्रुहरुले क्युआर कोडसहितको अंग्रेजी भाषामा जारी खोप प्रमाणपत्र अनिवार्य साथमा राख्नुपर्ने छ ।

खोप नलगाएका तथा खोपको मात्रा पूरा नगरेकाहरुले भने आफू बस्ने निवास वा बहराइनको स्वास्थ्य मन्त्रालयद्वारा निर्धारित स्थानमा क्वारेन्टिन बस्नुपर्ने बताइएको छ । यो खबर मध्यान्ह दैनिकको लागी विनोद थापा मगरले कतार बाट लेखेका हुन् ।

https://ujyaalonepalnews.com/archives/16358

Previous articleQR Code सहितको भ्याक्सिन सर्टिफिकेट लिगेपछी मात्र विदेश जाने टिकट काट्न स्वास्थ्य मन्त्रालयको अनुरोध
Next article‘हादा कम फुलुस सदिक?’ भन्दै हात–हातमा बे’चिन्छन् नेपाली महिला
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।