युएईको श्रम कानुनमा व्यापक परिवर्तन; लाखौँ नेपाली श्रमिक पनि लाभान्वित हुने

काठमाण्डौ – यूएईमा रोजगारदाताले श्रमिकको इच्छा विपरीत काममा लगाउन नपाइने गरी श्रम कानुनमा सुधार भएको छ । यूएई सरकारले आफ्नो श्रम कानुनमा सुधार गर्दै यूएईको निजी क्षेत्रमा रोजगारदाताले श्रमिकको इच्छा विप’रीत काममा लगाउन नपाइने,श्रमिकले अदालतमा मुद्दा ल’ड्दा शुल्क तिर्न नपर्ने लगायतका विषयमा सुधार गरिएको गल्फ न्युजले खबर लेखेको छ । जर्बजस्ती काममा लगाउँदा श्रमिकले काम नगरेमा रोजगारदाताले कुनै पनि जरिबाना लिन पाउने छैनन् ।

श्रम कानुनमा भएको सुधार अनुसार रोजगारदाताले श्रमिकको काम र पाउने ज्यालामा वि’भेद गर्न पाउने छैनन् भने तीन वर्षे करारमा ६ महिनाको परीक्षण अवधि हुनेछ । यस्तै श्रमिकले चाहेमा एउटाभन्दा बढी कम्पनीमा काम गर्न पाउनेछन् । स्वतन्त्र रूपमा श्रमिकले काम गर्न पाउने सुविधाको कुरा पनि अहिले भएको श्रम कानुनले समेटेको छ ।

यदि श्रमिकको मृत्यु भएमा श्रमिकले पाउनु पर्ने रकम कम्पनीले १० दिन भित्र उपलब्ध गराउन पर्ने छ भने मृतकको शव पठाउने खर्च पनि रोजगारदाता कम्पनी स्वयंले व्यर्होन पर्नेछ । महिला श्रमिकले पाउने सुत्केरी बिदालाई ४५ दिनबाट बढाएर ६० दिन पुर्‍याइएको छ । ४५ दिन बिदाको तलब पाइने छ भने १५ दिन अर्थ तलबी बिदा महिला कामदारले पाउने छन् ।

कोही सहकर्मी वा श्रमिकलाई यौ’न दु’र्व्यवहार, जि’स्क्याउने, शारीरिक तथा मान’सिक हिं’सा गर्न पनि नयाँ कानुनले बन्देज लगाएको छ । कुनै पनि जात, वर्ण, रङ्ग, लिङ्ग, धर्म, राष्ट्रियता आदिका आधारमा पनि भे’दभाव गर्न नपाइने व्यवस्था यूएईले गरेको श्रम कानुनले समेटेको छ । उज्यालो अनलाईन बाट

https://ujyaalonepalnews.com/archives/16377

Previous articleकोरोनाको कारण हुन नसकेको चितवन महोत्सव यहि पुस २५ गते देखि हुने
Next articleकतारको दोहा विमानस्थलमा महिलाहरुलाई नि’र्वस्त्र बनाएर चेकजाँच गरेपछि …
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।