नेपाली फुटबललाई कतार एअरवेजको साथ; एक करोड ७४ लाखको भयो सम्झौता

0
62

काठमाडौँ — कतार एयरवेजले सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ का लागि अखिल नेपाल फुटबल संघ (एन्फा) सँग बुधबार प्रायोजनको अनबुन्ध गरेको छ । पछिल्लो सिजन पनि लिगको प्रायोजक रहेको कतार एयरवेजले यसपल्ट अनुबन्ध दोहोर्‍याएको हो । लिगको मुख्य प्रायोजकका रूपमा अनुबन्ध १ लाख ५० हजार डलर रहेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित कार्यक्रममा संघका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहम्मद अल इमानले सम्झौतापत्रमा हस्ताक्षर गरे । इमानले नेपाली फुटबलका लागि कतार एयरवेजको सहयोग जारी रहने वचन दिँदै यो अनुबन्ध अझ लामो समयका लागि कायम रहने विश्वास पोखे ।

उनले भने, ‘हामी विश्व खेलकुदको विकास र विस्तारको पक्षमा रहने गर्छौं । हामी नेपाली फुटबलको विकासमा सहयोग गर्न प्रतिबद्ध छौं । नेपाली फुटबलको सहयात्री भएकामा हामी खुसी छौं ।’ कतार एयरवेज विश्व फुटबलमा बायर्न म्युनिक र पेरिस सेन्ट जर्मेन (पीएसजी) जस्ता ठूला क्लबको पनि मुख्य प्रायोजक हो ।

कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले कतार एयरवेजले प्रायोजन अनुबन्ध फेरि दोहोर्‍याएकोमा खुसी व्यक्त गरे र अब आउने वर्षमा प्रायोजक रकम बढ्नेमा विश्वास पोखे । उनले भने, ‘नेपालमा फुटबल विकासका लागि हामी कतारसँग विस्तृतमा सहकार्य गर्ने क्रममा छौं ।’ ‘ए’ डिभिजन शुक्रबार सुरु हुँदै छ । दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ र फ्रेन्ड्स क्लब भिड्दै छन् । आजको कान्तिपुरमा खबर छ ! ( तस्विर: सांकेतिक)

https://www.ujyaalonepalnews.com/archives/16387

Previous articleकतारको दोहा विमानस्थलमा महिलाहरुलाई नि’र्वस्त्र बनाएर चेकजाँच गरेपछि …
Next articleयुएईमा साईबर अप’राध, फेक न्युज सम्बन्धी नयाँ कानुन: जनवरी २०२२ देखि लागु हुने