विद्यार्थीको हात भाँच्ने शिक्षक पक्राउ

गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने सिरहाको मिर्चैयास्थित स्वस्तिक पाठशालाका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।

गृहकार्य नगरेको भन्दै सिरहा नगरपालिका–२ निवासी १२ वर्षीय रितिक यादवलाई कुटपिट गरी हात भाँचिदिएको आरोपमा पाठशालाका शिक्षक ताराबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो।

कुटपिटबाट रितिकको बायाँ हात भाँचिएकाले शिक्षक कार्कीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले जानकारी दिए। रासस

सडकको खाल्डो देखाउन गोरखापत्रले डराउनु पर्दैन : सञ्चारमन्त्री

Previous articleदक्षिण कोरियामा श्रमरत कर्णालीवासी संगठित
Next articleसाझा प्रकाशनको महाप्रबन्धकमा गौतम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।