बागलुङ । जिल्लाको जैमिनी नगरपालिका–३ दमेकमा स्काभेटर दुर्घटना हुँदा सहचालक घाइते भएका छन् ।
दमेकको बुढिखर्कदेखि देउरालीखानी जाने सडकमा शनिबार बिहान स्काभेटर दुर्घटना हुँदा सहचालक १७ बर्षीय सागर मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
मगरलाई उपचारको लागि धौलागिरी अञ्चल अस्पताल बागलुङमा ल्याइदै गरेको जिप्रका बागलुङले जनायो । स्काभेटरको ड्राइभर शिवरात्री मनाउन घर गएको र अहिले सम्पर्क बिहिन भएकाले के कारणले दुर्घटना भयो भन्ने बारेमा जानकारी प्राप्त नभएको जिप्रका बागलुङले जनाएको छ ।
स्काभेटर सडकबाट करिव ३ सय मिटर तल जंगलमा खसेको छ ।
The post बागलुङमा स्काभेटर दुर्घटना हुँदा एकजना घाइते appeared first on Rajdhani Daily News.
अमेरिकामा कोरोनाबाट ४ सय ४४ संक्रमित, न्युयोर्कले घोषणा गर्यो आपतकालीन अवस्था


