Home Uncategorized कतार प्रहरीमा जान पासपोर्ट तथा पैसा बुझाएकालाई सम्पर्कमा आउन विभागको आग्रह

कतार प्रहरीमा जान पासपोर्ट तथा पैसा बुझाएकालाई सम्पर्कमा आउन विभागको आग्रह

कतार प्रहरीमा जान पासपोर्ट तथा पैसा बुझाएकालाई सम्पर्कमा आउन विभागको आग्रह

काठमाण्डौ – कतार प्रहरीमा जान राहदानी र रकम बुझाएकालाई सम्पर्कमा आउन वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । वैदेशिक रोजगारीको लागि कतार प्रहरीमा पठाइदिने भन्दै विभागको पूर्व स्वीकृतिबिना गैर कानुनी रुपमा अन्तर्वार्ता लिने म्यानपावरमा कागजात तथा रकम बुझाएकालाई सम्पर्कमा आउन विभागले आग्रह गरेको हो । विभागको पूर्व स्वीकृतिबिना गैर कानुनी रुपमा अन्तर्वार्ता लिने म्यानपावरमा कागजात तथा रकम बुझाएकालाई सम्पर्कमा आउन विभागले आग्रह गरेको हो ।

यसअघि विभागबाट खटिएको टोलीले एसओएस म्यानपावर सर्भिस प्राली, होप इन्टरनेशनल प्राली र डीडी ह्युमन रिर्सोस प्रालीमा अनुगमन गर्दा विभागको पूर्व स्वीकृतिबिना अन्तर्वार्ता लिएको तथा लिइरहेको अवस्थामा भेटाएको थियो । ती संस्थाबाट आवश्यक कागजात लिइ अहिले तिनीहरुमाथि छानविन भइरहेको विभागले जनाएको छ ।

कसैले यी म्यानपावर तथा म्यानपावरसँग सम्बन्धित व्यक्तिलाई कतार प्रहरीमा जानको लागि भनेर आफ्नो कागजात तथा रकम बुझाएको भए तीस दिन अर्थात् पुष २१ गतेभित्र उजुरी दिन विभागले सूचना जारी गरेको छ । उजुरी वैदेशिक रोजगार कार्यालय वा नजिकको श्रम तथा रोजगार कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा दिन सकिनेछ ।

यस्तै विभागको अनुगमन शाखाको इमेल ठेगाना Monitoring@dofe.gov.np मा समेत मेल गरेर उजुरी दिन सकिने विभागले जनाएको छ ।

सरकार सुशासनको अभियानबाट विश्श्राम लिदैन : उपप्रधानमन्त्री श्रेष्ठ

Previous articleभिजिट भिषामा विदेश जानेलाई झन् क’डा नियम: २० लाख बिमा, एसएलसी पास र अंगेजी भाषा अनिवार्य
Next articleनेपालमा दुर्घ’टनामा परेर श्रीमान् वि’ते, श्रीमतीले परदेशमै लगाईन गलामा पा’सो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।