कतार प्रहरीमा जान पासपोर्ट तथा पैसा बुझाएकालाई सम्पर्कमा आउन विभागको आग्रह

0
76

कतार प्रहरीमा जान पासपोर्ट तथा पैसा बुझाएकालाई सम्पर्कमा आउन विभागको आग्रह

काठमाण्डौ – कतार प्रहरीमा जान राहदानी र रकम बुझाएकालाई सम्पर्कमा आउन वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । वैदेशिक रोजगारीको लागि कतार प्रहरीमा पठाइदिने भन्दै विभागको पूर्व स्वीकृतिबिना गैर कानुनी रुपमा अन्तर्वार्ता लिने म्यानपावरमा कागजात तथा रकम बुझाएकालाई सम्पर्कमा आउन विभागले आग्रह गरेको हो । विभागको पूर्व स्वीकृतिबिना गैर कानुनी रुपमा अन्तर्वार्ता लिने म्यानपावरमा कागजात तथा रकम बुझाएकालाई सम्पर्कमा आउन विभागले आग्रह गरेको हो ।

यसअघि विभागबाट खटिएको टोलीले एसओएस म्यानपावर सर्भिस प्राली, होप इन्टरनेशनल प्राली र डीडी ह्युमन रिर्सोस प्रालीमा अनुगमन गर्दा विभागको पूर्व स्वीकृतिबिना अन्तर्वार्ता लिएको तथा लिइरहेको अवस्थामा भेटाएको थियो । ती संस्थाबाट आवश्यक कागजात लिइ अहिले तिनीहरुमाथि छानविन भइरहेको विभागले जनाएको छ ।

कसैले यी म्यानपावर तथा म्यानपावरसँग सम्बन्धित व्यक्तिलाई कतार प्रहरीमा जानको लागि भनेर आफ्नो कागजात तथा रकम बुझाएको भए तीस दिन अर्थात् पुष २१ गतेभित्र उजुरी दिन विभागले सूचना जारी गरेको छ । उजुरी वैदेशिक रोजगार कार्यालय वा नजिकको श्रम तथा रोजगार कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा दिन सकिनेछ ।

यस्तै विभागको अनुगमन शाखाको इमेल ठेगाना Monitoring@dofe.gov.np मा समेत मेल गरेर उजुरी दिन सकिने विभागले जनाएको छ ।

सरकार सुशासनको अभियानबाट विश्श्राम लिदैन : उपप्रधानमन्त्री श्रेष्ठ

Previous articleभिजिट भिषामा विदेश जानेलाई झन् क’डा नियम: २० लाख बिमा, एसएलसी पास र अंगेजी भाषा अनिवार्य
Next articleजय पशुपतिनाथ !! नौ महिना देखि बन्द पशुपतिनाथको मन्दिर आज देखि खुल्यो