उज्यालो नेपाल, मङ्सिर १३, चितवन- चितवनको सौराहामा जारी एमालेको दशौ महाधिवेसनमा एमाले चितवन कि अध्यक्ष पार्वती रावल केन्द्रिय सदस्य पदमा निर्विरोध भएकी छन् । बन्द सत्रको दोस्रो दिन आइतबार राती सुरु भएको बन्दसत्रमा अध्यक्ष ओलीले सहमतिका लागि प्रस्ताव गरिएको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा चितवनका १० जनाको नाम परेको थियो । ति १० जना मध्य नेतृ रावल बागमती प्रदेश महिला कलस्टर बाट केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएकी हुन् ।
चितवनको खैरेनी नगरपालिका ४ चैनपुरमा जन्मेकी “दिलकुमारी रावल पार्वती” राष्ट्रिय सभा सदस्य हुन् । उनी अहिले राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति छिन् । प्रारम्भिक शिक्षा गाउँबाटै सकेपछि उनले मावि स्तरको शिक्षा गाउँकै जनजागृति माध्यामिक विद्यालयबाट गरेकी थिइन् । आईए र बीएसम्मको अध्ययन सहिद स्मृति बहुमुखी क्याम्पस टाँडीबाट गरेकी उनले स्नातकोत्तर वीरेन्द्र बहुमुखी क्याम्पसबाट पूरा गरेकी हुन् ।
उनले आफ्नो राजनीतिक जीवनको सुरुवात ०४६ को आन्दोलनसँगै भएको मान्छिन् । विद्यालयस्तरमा नै अध्ययन गर्दै गर्दा उनी अग्रजहरूको पछि लागेरै भए पनि आन्दोलन र भाषणहरू सुन्न पुग्थिन् । क्याम्पसमा आइसकेपछि तत्कालीन अनेरास्ववियु कमिटीमा सक्रिय भएर बिस्तारै क्याम्पस हुँदै जिल्ला क्षेत्रसम्मको राजनीतिमा अगाडि बढेकी रावल एमाले पार्टीको महिला संगठन, एमाले निकट युवाहरुको संगठन प्ररायुसंघ नेपालको पहिलो जिल्ला अध्यक्षसमेत भएकी थिइन् ।
विभिन्न जनसंगठन जिम्मेवारी संहाल्दै र पार्टीको पनि तहगत रुपमा निरन्तर काम गर्दै आएकी रावल नेकपा एमालेको वडा कमिटि सदस्यबाट शुरु भएको पार्टी जिम्मेवारीको यात्रा गाउँ कमिटी, क्षेत्रीय कमिटी , जिल्ला कमिटी सदस्य जिल्ला सचिवालय सदस्य , जिल्ला उप सचिव हुँदै जिल्ला कमिटी चितवनको सचिवको भूमिका कुशलतापूर्वक सम्पन्न गर्न सफल भईसकेकी छिन् ।
https://ujyaalonepalnews.com/archives/16471


