पायल्स रोग फुकेर ठिक पार्छु भन्दै भ्रम छर्ने पास्टर केशवराज आचार्यलाई २ वर्ष जेल सजाय

पायल्स रोग फुकेर ठिक पार्छु भन्दै भ्रम छर्ने पास्टर केशवराज आचार्यलाई २ वर्ष जेल सजाय

१४ मंसिर, काठमाडौं । डोल्पामा धर्म परिवर्तन गराएको अभियोगमा अदालतले एक जनालाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । जिल्ला न्यायाधीश केशवराज चपाईंको इजलासले पाश्चर केशवराज आचार्यले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ का महिलालाई जबर्जस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गरेको हो ।

गत वर्ष आचार्यले बिरामी भएका दुई महिलाको उपचार गर्ने भन्दै ‘प्रभु येशुको नाममा हटिजा’ भनेको र ती महिलाहरुको फोटो भिडियो खिचेर प्रचार प्रसार गरेको भन्दै जिल्ला अदालत डोल्पामा मुद्दा परेको थियो । उनलाई मुलुकी फौजदारी संहिताको दफा १५८ को देहाय १, २ र ३ अनुसार अदालतले सजाय सुनाएको वैतनिक वकिल घनश्याम उपाध्यायले जानकारी दिए ।

आचार्यले यसअघि पनि विभिन्न रोग भएका व्यक्तिलाई आफूले फुकेर निको बनाइदिने भन्दै भ्रम छर्दै आएका थिए । आचार्य पोखरा चिप्लेढुंगास्थित प्रशस्त कटनी मण्डलका पाश्चर हुन् । उनीविरुद्ध जिल्ला अदालत कास्कीमा पनि धर्मपरिवर्तनसम्बन्धी मुद्दा विचाराधीन छ ।

https://ujyaalonepalnews.com/archives/16478

Previous articleमकवानपुरका सांसद कृष्ण प्रसाद दाहाल एमाले केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित
Next articleसुन तस्करीमा सोझा नेपाली फस्न थालेपछि विदेशबाट नेपाल आउने यात्रुहरूको लागि अत्यन्त जरूरी सूचना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।