उज्यालो नेपाल, चितवन- मकवानपुर क्षेत्र नम्बर १ का संघीय संसद कृष्ण प्रसाद दाहाल एमालेको केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । चितवनको सौराहामा जारी नेकपा एमालेको दशौँ महाधिवेसनमा दाहालले खुला तर्फ केन्द्रिय सदस्य पदमा उम्मेद्वारी दिएका थिए। शनिबारको बन्दसत्रले अध्यक्ष केपी शर्मा ओलीलाई अधिकार प्रदान गरेबमोजिम ओलीले दाहालको नाम प्रस्ताव गरेका थिए ।
प्रतिनिधिसभा अर्थ समितिका सभापति समेत रहेका दाहाल मकवानपुर क्षेत्र नं. १ बाट निर्वाचित संघिय सांसद हुन् । मकवानपुर कै तत्कालिन ठिंगन गाविसमा जन्मिएका दाहालले २०३६ सालबाट नै बिद्यार्थी संगठनबाट राजनीतिक यात्रा शुरु गरेका थिए । ठिंगनकै कान्ती प्रा. वि. मा अध्यापन पेशामा रहेका दाहाल तत्कालिन नेकपा मालेमा समाहित हुदै राजनीतिक यात्रामा होमिएका हुन् ।
२०७६ सालको प्रजात्रान्तिक जनआन्दोलनमा दाहाल मकवानपुरबाट प्रजातन्त्र स्थापनका लागि नेतृत्वगर्ने मध्यका एकजना जिल्ला तहका नेता थिए । राजनीतिमा इमान्दार छवी बनाएका दाहाल २०४८ सालमा सम्पन्न भएको संसदीय निर्वाचनमा मकवानपुरबाट उठे र २५ बर्षको कलिलो उमेरमा नै प्रतिनिधि सभामा पहिलो पटक छिरे । उनी त्यत्तिबेला प्रतिनिधि सभामा छिर्ने मुलुकभरकै कान्छो सांसद पनि बन्न पुगे । राप्रपाका कमल थापा उनीसंग हारे र २०५१ सालमा सम्पन्न भएको मद्यवधी चुनावमा भने दाहाल फेरि उनै थाहासंग पराजित भए ।
२०६२ र ०६३ सालमा दोश्रो पटक मुलुकमा जनआन्दोलन भयो र त्यसको पनि अगुवाइ मकवानपुरबाट दाहालले नै गरे । २०६६ देखि२०७२ सम्म नेकपा एमालेको नारायणी अञ्चल सचिव भएर नै उनले काम गरे । अनि २०७४ सालमा सम्पन्न भएको आम निर्वाचनपछि अहिले दाहाल सांसद छन् । अहिले दाहाल नेकपाको बागमती प्रदेश कमिटिका सचिवालय सदस्य र प्रतिनिधि सभा अन्तरगत अर्थ समितिका सभापति छन् ।
https://ujyaalonepalnews.com/archives/16474


