ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप राष्ट्रिय टोलीको नयाँ कप्तान

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिएको छ । टोलीका नियमित कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई अनुशासन उल्लङ्घन गरेको भन्दै पदमुक्त सहित सेन्ट्रल कनट्याक्टमा सुरुको ६ महिना सहभागिता नगराउने क्यानको बुधबार बसेको बोर्ड बैठकले निर्णय गरेको हो ।

यस्तै क्यानले राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण २१ डिसेम्बरबाट पोखरामा गर्ने भएको छ । सङ्घले नेपाल प्रशिक्षक सङ्घलाई मान्यता प्रदान गर्ने निर्णय गरेको छ भने पूर्व उपाध्यक्ष नरेश श्रेष्ठलाई सल्लाहकार समितिको सदस्यमा चयन गरेको छ ।

पौडी टोली आबुधाबी जाने

काठमाडौं । १५औं विश्व फाना पौडी च्याम्पियनसिप (सर्ट कोर्स)मा सहभागी हुन नेपाल पौडी टोली सोमबार आबुधाबी जाँदै छ । डिसेम्बर १५ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष÷महिला गरी ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषको २ सय मिटर फ्रिस्टायल र व्यक्तिगत मिड्लेमा नासिर हुसैन तथा ५० र १ सय फ्रिस्टायलमा एलेक्स शाहले प्रतिस्पर्धा गर्ने छन् । महिलाको ५० र १ सय मिटर फ्रिस्टायलमा अनुश्रिया तण्डुकार तथा ५० र १ सय मिटर ब्रेस्टस्ट्रोकमा उपास्ती महर्जनले सहभागिता जनाउनेछन् ।

अमेरिकामा रहेका एलेक्स त्यत्तैबाट आबुधाबी जाने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाएका छन् । प्रशिक्षकमा नयना शाक्य तथा व्यवस्थापकमा अनिश महर्जन रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले नयाँ उपलब्धि हासिल गर्न खेलाडीलाई उच्च मनोबलका साथ प्रदर्शन गर्ने बताउँदै खेलाडीले व्यवस्थापनमा नभई आफ्नो खेल र प्रशिक्षणतिर मात्र ध्यान दिन आवश्यक रहेको बताए । उनले राष्ट्रिय टिमको प्रदर्शन व्यवस्थित गर्न राखेपले हाइ पर्फमेन्स कमिटी गठनको तयारी गरिरहेको जानकारी गराए ।

https://ujyaalonepalnews.com/archives/16782

Previous articleविदेशमै र;क्सी कारखाना चलाउने दुई नेपाली पक्राउ, ४८ ड्रम र’क्सी र पे’स्तोल बरामद
Next articleसेयर कारोबारीले चन्दा दिएन हाेला, प्रचण्डले ध्वस्त पारिदिए : अध्यक्ष ओली (भिडियो)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।