काँग्रेस महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्री रिजालको राजीनामा

काठमाडौँ, पुस १ गते । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले राजीनामा दिनुभएको छ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि रिजालले बिहीबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउनुभएको हो ।

‘नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशनको निर्वाचन परिणामले पार्टीभित्र मेरो समर्थनको आधार अत्यन्त संकुचित भएको स्पष्ट छ’, रिजालले प्रधानमन्त्री प्रधानमन्त्री देउवालाई बुझाउनु भएको राजीनामा पत्रमा लेख्नुभएको छ, ‘यस कुरालाई हृदयंगम गर्दा मैले रक्षामन्त्री पदमा रहिरहनु नैतिक रुपमा उपयुक्त हुन्न । तसर्थ रक्षामन्त्री पदबाट राजीनामा दिएको छु ।’ रिजालले मन्त्रीको जिम्मेवारीमा रहेर राष्ट्रको सेवा गर्ने अवसर दिएको भन्दै धन्यवाद दिनुभएको छ ।

चुनावी मैदानमा रहनुभएका मन्त्री रिजालले प्रारम्भिक मतपरिणामलाई दृष्टिगत गर्दै राजीनामाको घोषणा गर्नुभएको थियो । काँग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भए लगत्तै महामन्त्रीका प्रत्याशी रक्षामन्त्री रिजालको राजीनामा आएको हो । उहाँले कसैको दबाब नभएर नैतिकताको आधारमा राजीनामा दिएको बताउनुभएको छ । तस्बिर सुजन गुरुङ

वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान

Previous articleपूर्णबहादुर खड्का र धनराज गुरुङ काँग्रेस उपसभापति निर्वाचित
Next articleओलीलाई भीम रावलको चेतावनी : पाखा लगाउन खोजे परिणाम राम्रो हुँदैन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।