नेपाल सरकारले रियादको केन्द्रमा किन किन्न लाग्यो ७ रोपनी जग्गा?

0
51

नेपाल सरकारले रियादको केन्द्रमा किन किन्न लाग्यो ७ रोपनी जग्गा?

उज्यालो नेपाल, नेपाल सरकार र साउदी सरकार बीच जग्गा खरिद बारे गत कार्तिकमा नै सम्झौता भईसकेको छ । तर जग्गा खरिद सम्बन्धी समाचार पढ्दा साउदिमा रहेका धेरै नेपालीले यो कुरा गलत रहेको र फेक न्युज आएको भन्दै प्रतिक्रिया जनाएका थिए । उनीहरुको प्रश्न थियो नेपाल सरकारले रियादमा किन जग्गा किन्नुपर्यो ? कतै कुनै नेताले आफ्नो लागी पो किन्न लागेको हो कि भन्ने प्रश्न उनीहरुले उठाएको थियो ।

तर खासमा नेपाल सरकारले नेपाली दुताबासको भवन बनाउनको लागी उक्त जग्गा खरिद गर्ने भएको हो । हाल नेपाली दुताबास भाडाको घरमा बसिरहेको छ । साउदीमा जग्गा व्यवस्थापन गर्ने शाही आयोग (रोयल कमिसन फर रोयल सिटी) ले राजधानी रियादमा आठ किलोमिटरमा फैलिएको कूटनीतिक क्षेत्रभित्र जग्गा दिने सहमति यस अघि नै गरेको थियो ।  यो क्षेत्रमा विभिन्न देशका ७५ दुताबास रहेका छन् । नेपाली नियोगका लागि ३ हजार ६ सय ६४ वर्गमिटर (७.२ रोपनी) को क्षेत्रफल छुट्याइएको छ ।

‘साउदी सरकारले अन्य देशलाई बेचेकै मूल्यमा नेपाललाई पनि जग्गा उपलब्ध गराउनेछ ।’ रोयल कमिसन फर रोयल सिटीले जग्गा खरिद गरेको ५ वर्षभित्र दूतावासको निर्माण सम्पन्न गर्नुपर्ने सर्त राखेको छ । खाडी क्षेत्रका मुलुकमध्ये सबैभन्दा पहिला साउदी अरबमा नेपाली दूतावास स्थापना भएको थियो ।

राजधानी रियादमा सन् १९८४ देखि दूतावास भाडाको भवनमा छ । त्यसअघि नेपाली दूतावास साउदीको पुरानो राजधानी जेद्दामा सन् १९७८ मा खुलेको थियो । जेद्दामा हाल महावाणिज्य दूतको कार्यालय छ । साउदीमा ३ लाख २५ हजार नेपाली कार्यरत छन्। यस विषयमा नेपाली दुताबासले एक सुचाना जारी गरि जानकारी गराएको हो ।

https://www.ujyaalonepalnews.com/archives/16810

Previous articleपूर्णबहादुर खड्का र धनराज गुरुङ काँग्रेस उपसभापति निर्वाचित
Next articleपौष २७ देखि हुने रत्ननगर महोत्सवमा कृषि र माछा उत्पादनमा जोड दिइने, जिप साईकलिंग मुख्य आकर्षण